July 20, 2018

स्वास्थ्य संस्था बन्दको बिरोधमा प्रदर्शन, बन्दको प्रतिकारमा लाठीसहित उत्रिए बिरामीका आफन्त (भिडियोसहित)

 Lathisahit-Photo

बिराटनगर, साउन । डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबार आवहान गरेको देशव्यापी स्वास्थ्य संस्था बन्द कार्यक्रमको विरोधमा बिरामी र बिरामीका आफन्तले बिराटनगरमा प्रदर्शन गरेका छन् ।बिराटनगरको कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले बन्दको विरोधमा दिउँसो करिव एक घण्टा प्रदर्शन गरेका हुन् ।‘अस्पताल बन्द गर्न पाईदैन, बिरामीको स्वास्थ्यमा खेलवाड गर्न मिल्दैन, स्वास्थ्य सस्था बन्द मुक्त घोषणा कार्यान्वयन गर, भयरहित वातावरणमा बिरामीले उपचार गराउँन पाउँने अधिकार सुनिश्चित गर’ लगायत नारा लगाउँदै अस्पताल अगाडी प्रदर्शन गरिएको हो ।

बन्दको बिरोधमा नोबेल अस्पताल अगाडी प्रदर्शन गरिदै

प्लेकार्ड र बिरामी दर्ता पुर्जासहित दर्जनौंको संख्यामा निश्किएका बिरामी र बिरामीका आफन्तले अस्पतालको मुलगेट अगाडी दिउँसो १२ बजेदेखि करिब एक घण्टा प्रर्दशन गरेका थिए ।

लाठिसहित उत्रिए बिरामीका आफन्त

अस्पताल बन्द आवहन गर्ने नेपाल चिकित्सक संघका प्रतिनिधिलाई खबरदारी स्वरुप बिरामीका आफन्तले लाठिसहित प्रदर्शनसमेत गरेका छन् । नोबेल अस्पतालको मुलगेट, ओपीडी लगायत क्षेत्रमा उनीहरुले खबरदारी प्रदर्शन गरेका हुन् । बिरामीको सुरक्षार्थ पहरेदारीका लागि भन्दै उनीहरु लाठिसहित प्रदर्शनमा उत्रिएका हुन् ।

 

बन्दको बिरोधमा लाठिसहित निश्कएका बिरामीका आफन्तहरु

यसैबीच नेपाल चिकित्सक संघले आवहन गरेको बन्दको बिराटनगरमा आंसिक मात्र प्रभाव देखिएको छ । नोबेल शिक्षण अस्पताल, बिराट नर्सिङ होम लगायत स्वास्थ्य सस्थामा सम्पूर्ण स्वास्थ्य सेवा सूचारु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

          बन्दको बिरोधमा लाठिसहित निश्कएका बिरामीका आफन्तहरु

भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’