मेरो सत्याग्रह तुहाउने षड्यन्त्र हुँदैछः डा. केसी

काठमाडौं । डा गोविन्द केसीले आफ्नो सत्याग्रह तुहाउने षड्यन्त्रस्वरुप सरकारले कर्णालीबाट आफूलाई काठमाडौं लैजाने प्रयास गरेको बताएका छन् । डा. केसीको समर्थनमा शनिबार काठमाडौंमा प्रदर्शनपछि भएको कोणशभालाई कर्णालीबाटै अडियो रेकर्डमार्फत संबोधन गर्दै उनले आफूले राखेका माग सम्बोधन गर्न सरकार तयार भए अनशन तोड्न तयार रहेको बताए । 

 “मलाई उठाएर काठमाडौं लैजाने होइन, म पूर्ण विश्वास गर्छु कि मेरो जुम्लामै राम्रो हेरचाह भैरहेको छ । उठाएर काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन, माग पूरा गर अनसन तोड्छु,” उनले अडियो संबोधनमा भनेका छन्, “जनतामुखी र विद्यार्थीमुखी अध्यादेश तोडमोड गरेर नेता र माफियामुखी ऐन ल्याउने तयारी सरकारले गर्दैछ, जसले दुई तिहाइ भोट दिए । उनीहरूको हकहितविरुद्ध हुने गरी ऐन ल्याइँदैछ । नागरिकमुखी ऐन ल्याउनुपर्छ माफियामुखी र डन पोस्ने गरी ल्याउने होइन ।”

यसैबीच, अनसनरत डा. केसीको माग पूरा गर्नु पर्ने तथा निषेधित क्षेत्र फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २० जनाभन्दा बढी अधिकारकर्मीलाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको छ । 

डा केसीको समर्थनमा आयोजना भएको ¥यालीमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, स्वास्थ्यकर्मी, कानुन व्यवसायी तथा समर्थक तथा सुवेक्षुकको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो