संसारभरी रक्सी पिउनेको संख्यामा सधैं पुरुषको संख्या महिलाभन्दा धेरै रहँदै आएको छ । तर अब महिलामा पनि यसको लत बढ्दै गएको छ ।
यद्यपी, पुरुषको तुलनामा महिलाको संख्या अझै पनि कम छ । तर नयाँ पीढिका लागि भने यो कुरा नमिल्न सक्छ ।
विशेषगरी सन् १९९१ देखि २००० को बीचमा जन्मिएका युवतीहरुले आज पुरुष जत्तिकै रक्सी सेवन गरिरहेका छन् । धेरै पटक त उनीहरु यो रेसमा बाजी नै मार्ने गर्छन् ।
रक्सीले स्वास्थ्यमा नराम्रो असर पार्छ भन्ने कुरा हामी सबैलाई थाहै छ तर याद गर्नुपर्ने कुरा के छ भने रक्सीले महिलाको स्वास्थ्यमा बढी असर पार्छ ।
– अमेरिकामा सन् २००० देखि २०१५ को बीचमा रक्सी पिउने करिब ५७ प्रतिशत महिलाको कलेजो खराब भएका कारण मृत्यु भयो ।
– मृत्यु हुने महिलाको उमेर ४५ देखि ६४ वर्ष थियो ।
– जबकी पुरुषको संख्या २१ प्रतिशत थियो ।
– २५ देखि ४४ वर्षको उमेर भएका महिलामा यो ग्राफ ८ प्रतिशत माथि चढेको थियो जबकी पुरुषको कुरा गर्नुपर्दा १० प्रतिशतको कमी आएको थियो ।
अनुसन्धानका अनुसार महिलाको रक्सी पिउने अचम्मको तरिका पनि तीब्र रुपमा वृद्धि भइरहेको छ ।
साथै अस्पतालको इमर्जेन्सी वार्डमा आउने बिरामीमध्ये अल्कोहोलको ओभरडोज लिने महिलाको संख्या पुरुषको तुलनामा धेरै हुन्छ ।
टेलिस्कोपिङः
यहाँ महिलाहरु पुरुषको तुलनामा धेरै रक्सी पिइरहेका छन् भन्न खोजिएको होइन । चिन्ताको कुरा यो छ कि महिलाको शरिरमा रक्सीको नकारात्मक असर अत्यधिक धेरै र तीब्र रुपमा हुने गर्छ ।
वैज्ञानिकका अनुसार अल्कोहल पचाउनका लगि कलेजोले अल्कोहल डी–हाइड्रोजिनेस नामको इन्जाइम निकाल्छ ।
महिलामा यो इन्जाइम कम निष्कासन हुने गर्छ । त्यसकारण रक्सी पचाउनका लागि महिलाको कलेजोले अत्यधिक मेहनत गर्नुपर्छ ।
यसका साथै जो महिला धेरै रक्सी पिउँछन् उनीहरुमा अन्य नशाको लत लाग्ने सम्भावना पनि पुरुषको तुलनामा धेरै हुन्छ ।
विज्ञानको भाषामा यसलाई टेलिस्कोपिङ भनिन्छ ।
महिलाको शरिरमा हुने प्रभावः
धेरै रक्सी पिउँदा महिलाको कलेजोमात्र खराब नभई मुटु र नशा पनि चाँडै नै निष्क्रिय हुन थाल्छ ।
अहिलेसम्म कसैलाई थाहा थिएन कि रक्सीले महिला र पुरुषमाथि भिन्न असर पार्छ । यस सम्बन्धि सबैभन्दा पहिलो अनुसन्धान सन् १९९० मा गरिएको थियो ।
वास्तविकता त यो छ कि सन् १९९० सम्म पुरुषको शरिरमा राखेर रक्सीको प्रभावको अनुसन्धान गरिएको थियो ।
कारण यो थियो कि रक्सी पुरुषले मात्र सेवन गर्छन् भन्ने मान्यता थियो । यो पनि मानिन्थ्यो कि रक्सीले पुरुषलाई पुर्याउने असरको निष्कर्षले महिलामाथि हुने असरबारे पनि अनुमान गर्न सकिन्छ । थुप्रै वर्षदेखि यस्तो हुँदै आएको थियो ।
अनुसन्धानमा जेन्डर ग्यापमा ध्यानः
तर जतिजति जीवन स्तर परिवर्तन भयो त्यति नै रक्सीको सेवन गर्नेहरुको आँकडा पनि परिवर्तन भए ।
ठूलो परिवर्तन त त्यतिबेला आयो जब अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थले क्लिनिकल अनुसन्धानमा महिला र किशोरीलाई समावेश गनुपर्ने नियम राख्यो ।
यसका साथै अनुसन्धानमा जेन्डर ग्यापमाथि पनि ध्यान दिइयो ।
सन् १९७० को एक अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि जो महिलाले आफूलाई पूर्ण रुपमा रक्सीमा डुबाउँछन् उनीहरु धेरैजसो बाल्यकालमा यौन हिंसाको शिकार भएका हुन्छन् । उक्त अनुसन्धानपछि नै लैङ्गिकताको हिसाबमा रक्सीको अनुसन्धानमाथि तीब्र रुपमा काम गरियो ।
सन् २००० सम्म ब्रेन म्यापिङबाट यो कुरा पुष्टि भयो कि पुरुषको तुलनामा महिलाको शरिर रक्सीका लागि धेरै संवेदनशील हुन्छ ।
तर बोस्टन युनिभर्सिटी मेडिकल स्कूलकी प्राध्यापक मर्लिन ओस्कर बर्मनलाई यो अनुसन्धान अस्पष्ट मान्छिन् ।
उनले लामो समयसम्म रक्सीको सेवन गर्नेहरुको ब्रेन म्यापिङ गरिन् । उनले पुरुषको दिमागमा रिवार्ड सेन्टर सानो भएको पाइन् ।
रिवार्ड सेन्टर दिमागको त्यो हिस्सा हो जो कुनै कुराको लागि मानिसलाई उक्साउँछ ।
दिमागको यहि भागले निर्णय पनि गर्छ । तर रक्सी पिउने महिलाको तुलनामा नपिउनेकोभन्दा रिवार्ड सेन्टर ठूलो थियो ।
यसले यो पुष्टि हुन्छ कि रक्सी पिउने महिलाको दिमागमा कम हानी पुर्याउँछ । यद्यपी, वैज्ञानिकलाई अहिले नै यो अन्तरको सटिक कारण पत्ता लाग्न सकेको छैन ।
सामाजिक दबाबमा रक्सी पिउनुः
हालैको अनुसन्धानले रक्सीका आदी महिलाको उपचार भए उनीहरुको व्यवहार धेरै हदसम्म राम्रो हुने नयाँ तथ्य सार्वजनिक गरेको छ ।
रक्सी पिउने लत बस्नुको कारण पनि पुरुष र महिलामा भिन्न हुन्छ । महिला आफ्नो भावनात्मक चोट दबाउनका लागि रक्सीको सेवन गर्छन् ।
जबकी पुरुष सामाजिक दबाबमा रक्सी पिउन सुरु गर्छन् ।
दुबैको रक्सी पिउने कारण समान हुँदैन त्यसकारण उनीहरुको उपचार पनि समान तरिकाले गर्न सकिन्न ।
उदाहरणका लागि यौनहिंसाको शिकार महिलामा रक्सीको लत छुटाउनका लागि उनीहरुलाई जँड्याहा पुरुषसँगै राख्न सकिन्नँ । उनी ती पुरुषको उपस्थितीले आफूलाई सुरक्षित महसुस गर्दिनन् ।
यस्ता महिलालाई प्रेरणादायी कहानीमार्फत यस्तो समस्याबाट जुध्ने उनी एक्ली महिला होइनन् भन्ने महसुस गराउनुपर्छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या