सरकारले सबै प्रदेशमा सुविधासम्पन्न जेष्ठ नागरिक आश्रम बनाउने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले आगामी आर्थिक वर्षभित्र सबै प्रदेशमा सुविधासम्पन्न जेष्ठ नागरिक आश्रम बनाउने विशेष योजना बनाएको जानकारी गराएकी हुन् ।
उनले असहाय र अशक्त जेष्ठ नागरिकहरुलाई संरक्षण गर्न सरकारले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा सुविधा सम्पन्न जेष्ठ नागरिक आश्रम बनाउने व्यवस्था गरेको बताइन् । राष्ट्रियसभाको सोमबारको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको बिनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्र्र्रश्नको जवाफ दिँदै मन्त्री थापाले हाल जेष्ठ नागरिकहरुका लागि देशका विभिन्न भागमा ८७ वटा दिवा सेवा केन्द्र संचालनमा रहेको पनि जानकारी दिइन् । उनले जेष्ठ नागरिकहरुलाई स्वास्थ्य विमाको व्यवस्था गर्न पनि सरकारले बजेट विनियोजन गरेको बताइन् ।
मन्त्री थापाले महिला हिंसाविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिइन् । उनले महिला हिंसालाई न्यूनिकरण गर्न सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने योजना बनाएको पनि स्पष्ट पारिन् । उनले महिला हिंसालाई अन्त्य गर्न सबै स्थानीय तहमा महिला डेस्क स्थापना गर्ने आश्वासन पनि दिइन् । मन्त्री थापाले सबै स्थानीय तहमा अपांगता मैत्री पुनस्र्थापना केन्द्र स्थापना गर्ने योजना रहेको बताइन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष