बस्ती डुबानमा परेपछि सुस्तावासीले भत्काए भारतीय गण्डक बाँध

गण्डक बाँधका कारण वर्षातको पानी निकास नहुँदा सयौँ विगाहा जमिन र बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ताका स्थानीयले गण्डक बाँ भत्काएर पानी निकासा गराएका छन् ।

nahar-bhatkako-0372018075549-1000x0

सुस्ता गाउँपालिका–२ गुडरियास्थित नहरको बाँध मंगलबार बिहान भत्काएर बस्तीको पानी नहरमा हालिएको हो ।

खेतमा बर्षाको पानी भरिएपछि गाउँ डुबानमा पर्ने डरले पानीको निकास दिन गण्डक नहरको बाँध भत्काएर स्थनीयले पानी नहरमा मिसाएका हु्न् ।

पानीले धान खेती डुबानमा परेर नष्ट हुने र थप बर्षा हुँदा बाढी गाउँमा पस्ने गरेको भन्दै बाँध भत्काउन बाध्य भएको स्थानीयले बताएका छन् ।

गण्डक नहर भारतीय पक्षको नियन्त्रणमा रहेकाले नहर तथा साईफन एवं कुलोहरुको सरसफाई भारतीय पक्षले नै गर्नु पर्ने भएपनि भारतीय पक्षले नहरको रानीनगर साईफन र कुलोहरु सफा नगर्दा गाउँ तथा खेतीयोग्य जमिन डुबानमा पर्दै आएको छ ।

गतवर्ष पनि सुस्ताका स्थानयीले बाँध भत्काएर पानी निकास गराएका थिए । गत वर्षपनि भारी बर्षाका कारण सो गाउँ डुबानमा परि बालीनाली समेत नष्ट भइ ठुलो क्षति भएकोे थियो ।

स्थानीयले त्यतिबेला पनि पानीको निकासका लागि नहरको बाँध भत्काउने प्रयास गर्दा स्थानीय प्रशासनले रोक लगाउदै भारतीय र स्थानीय पक्ष नहर तथा साईफन कुलो सरसफाइ गराई पानीको निकास गराउने सम्झौता गराएको थियो ।

तर त्यो सम्झौता अहिलेसम्म कार्यान्वन नहुँदा यसवर्ष त्यहि समस्या देखिएकाले स्थानीयले बाध्य भई गएराति नहरको बाँध काटेर पानीको निकास खोलेका हुन् । स्थानीले बाँध भत्काएपछि डुवानमा परेको खेतको पानी घटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल