किसमिस मन नपर्ने मानिस शायदै भेटिएला । यसको तिख्खर स्वाद र मिठासको लागि मात्र नभर्इ किसमिस उन्नत स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । हिजोअाज हरेक किसिमका मिठार्इ र खानेकुरामा किसमिसको प्रयोग गरिन्छ । यसका अनगिन्ती फाइदाहरूका बारेमा हामी यहाँ छोटकरीमा चर्चा गर्छौं:-

– किसमिसको सेवनले शरीरमा अाइरनको कमीलार्इ पूरा गरी रगत बढाउँछ ।
– फाइदाको हिसावले किसमिस सुख्खा खानुभन्दा भिजाएर खानु उत्तम मानिन्छ । यसलार्इ भिजाएर खाने गर्नाले लिभर अर्थात् कलेजोलार्इ फाइदा गर्दछ ।
– किसमिसको पानीले कलेजोमा एकदम तीब्र गतिमा रगत सफा गर्दछ । यसरी किसमिस भिजाएर उक्त पानी नियमित ४ दिनसम्म पिउने हो भने कब्जियत लगायतका कैयौं पेटसम्बन्धी समस्या वा रोग निको हुन्छ ।
– दिनहुँ किसमिस सेवन गर्नाले मुटु बलियो एवम् स्वस्थ हुनुका साथै कोलेस्ट्रोल पनि घटाउँछ ।
– किसमिसमा धेरै किसिमका भिटामिन एवं मिनरल्स पाइन्छ । यसलार्इ भिजाएर खानाले यसमा भएको गुलियोको मात्रामा कमी अार्इ स्वास्थ्यको लागि एकदमै गुणकारी हुन्छ ।
– प्राकृतिक रूपमा यसमा एन्टीअक्सिडेन्ट पाइने हुनाले यसले विभिन्न किसिमका रोगबाट बचाउँछ ।
– शरीरमा विभिन्न किसिमका फोहोर वा प्रदुषणलार्इ हटार्इ रगत सफा गर्न मृगौला तथा कलेजोको अहम् भूमिका हुन्छ । त्यसैकारण पनि यी महत्वपूर्ण अङ्गहरूलार्इ स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् । दैनिक रूपमा थोरै भएपनि किसमिसको सेवन गर्दा अतुलनीय फाइदा प्राप्त गर्न सकिन्छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या