नेविसंघद्वारा तुलसीपुरमा ३ वटा सरकारी गाडीमाथि तोडफोड

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार दाङको तुलसीपुरमा तीन वटा सरकारी गाडीमाथि तोडफोड गरेको छ।

इन्धन लगायतका वस्तुमा चर्को मूल्यवृद्धि फिर्ता लिन माग गर्दै झन्डै महिना दिनदेखि  आन्दोलनरत नेविसंघले दाङमा सरकारी गाडीलाई निशाना बनाएर तोडफोड गरेको हो।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार नेविसंघका कार्यकर्ताले तुलसीपुरमा तीनवटा सरकारी गाडीमा तोडफोड गरेको बताए । अदुलाबाली अनुसन्धान केन्द्र सल्यानको बा २ झ ३०७० र जिल्ला प्राविधिक कार्यालय रुकुमको बा १ झ ८४२२ नम्वरको गाडीको सिसा तोडफोड गरेको प्रमुख सापकोटाले बताए ।

नेविसंघका विद्यार्थीले आन्तरिक राजस्व कार्यालय तुलसीपुरको एउटा मोटरसाइकल पनि तोडफोड गरेका छन् । यसैबीच अदुवाबाली अनुसन्धान केन्द्र सल्यानको गाडी चालक कपुरकोट निवासी मुकुन्द केसीले पछाडिबाट हानेको ढुङ्गाले सिसा फुटेर आफ्नो पाखुरामा चोट लागेको बताए ।

‘मलाई बन्दबारे कुनै जानकारी थिएन, हाकिमसाप कम्यूटर बनाउने ठाउँमा जानु भएको थियो, त्यतिनै बेला एक्कासी ढुङ्गा हाने,’ चालक केसीले भने । एक्कासी अगाडि र पछाडिबाट ढुङ्गा प्रहार भएपछि आफू आश्चर्यमा पर्नुका साथै आत्तिएर भाग्न खोजेको चालक केसीले बताए।

यसैबीच गाडीमा तोडफोड गरेको आरोपमा एकजना नेविसंघका युवालाई पक्राउ गरिएको डिएसपी सापकोटाले जानकारी दिएका छन् । दंगिशरण गाउँपालिका वडा नं. ७ निवासी प्रकाश चौधरीलाई आइतबार साढे ३ बजेतिर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

नेविसंघ क्षेत्र नं. ४ का क्षेत्रीय सभापति एकराज खड्काले आफूहरूको पूर्व घोषित केन्द्रीय कार्यक्रम अनुरुप बन्द अवज्ञा गरेको हुँदा सरकारी गाडी तोडफोड गर्नु परेको बताएका छन् ।

‘हाम्रो आन्दोलन हरेक खालका चर्को मूल्यवृद्धिका विरुद्धमा हो । प्रेस, न्यायालयमाथिको हस्तक्षेपका विरुद्ध हो,’ क्षेत्रीय सभापति खड्काले भने।

प्रहरीले बजारमा हिँडिरहेका आफ्ना संगठनका सदस्य प्रकाश चौधरीलाई बिनाकारण पक्राउ गरेको भन्दै उनले बिनासर्त रिहा गर्न उनले माग गरे । प्रहरीको  ज्यादती र दमन नरोकिए थप कडा खालका आन्दोलनका कार्यक्रम ल्याउन नेविसंघ बाध्य हुने सभापति खड्काले चेतावनी दिए ।

‘हरेक खालका निरंकुशताविरुद्ध लड्दै आएको नेविसंघलाई कमजोर देख्ने र दमन गर्न खोजे परिणाम राज्य भोग्ने छ,’ खड्काले भने ।

आफूहरू शान्तिपूर्ण आन्दोलनका पक्षमा रहेता पनि प्रहरीको दमनले आफूहरूलाई थप उत्तेजित बनाएको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि