नेविसंघद्वारा तुलसीपुरमा ३ वटा सरकारी गाडीमाथि तोडफोड

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार दाङको तुलसीपुरमा तीन वटा सरकारी गाडीमाथि तोडफोड गरेको छ।

इन्धन लगायतका वस्तुमा चर्को मूल्यवृद्धि फिर्ता लिन माग गर्दै झन्डै महिना दिनदेखि  आन्दोलनरत नेविसंघले दाङमा सरकारी गाडीलाई निशाना बनाएर तोडफोड गरेको हो।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार नेविसंघका कार्यकर्ताले तुलसीपुरमा तीनवटा सरकारी गाडीमा तोडफोड गरेको बताए । अदुलाबाली अनुसन्धान केन्द्र सल्यानको बा २ झ ३०७० र जिल्ला प्राविधिक कार्यालय रुकुमको बा १ झ ८४२२ नम्वरको गाडीको सिसा तोडफोड गरेको प्रमुख सापकोटाले बताए ।

नेविसंघका विद्यार्थीले आन्तरिक राजस्व कार्यालय तुलसीपुरको एउटा मोटरसाइकल पनि तोडफोड गरेका छन् । यसैबीच अदुवाबाली अनुसन्धान केन्द्र सल्यानको गाडी चालक कपुरकोट निवासी मुकुन्द केसीले पछाडिबाट हानेको ढुङ्गाले सिसा फुटेर आफ्नो पाखुरामा चोट लागेको बताए ।

‘मलाई बन्दबारे कुनै जानकारी थिएन, हाकिमसाप कम्यूटर बनाउने ठाउँमा जानु भएको थियो, त्यतिनै बेला एक्कासी ढुङ्गा हाने,’ चालक केसीले भने । एक्कासी अगाडि र पछाडिबाट ढुङ्गा प्रहार भएपछि आफू आश्चर्यमा पर्नुका साथै आत्तिएर भाग्न खोजेको चालक केसीले बताए।

यसैबीच गाडीमा तोडफोड गरेको आरोपमा एकजना नेविसंघका युवालाई पक्राउ गरिएको डिएसपी सापकोटाले जानकारी दिएका छन् । दंगिशरण गाउँपालिका वडा नं. ७ निवासी प्रकाश चौधरीलाई आइतबार साढे ३ बजेतिर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

नेविसंघ क्षेत्र नं. ४ का क्षेत्रीय सभापति एकराज खड्काले आफूहरूको पूर्व घोषित केन्द्रीय कार्यक्रम अनुरुप बन्द अवज्ञा गरेको हुँदा सरकारी गाडी तोडफोड गर्नु परेको बताएका छन् ।

‘हाम्रो आन्दोलन हरेक खालका चर्को मूल्यवृद्धिका विरुद्धमा हो । प्रेस, न्यायालयमाथिको हस्तक्षेपका विरुद्ध हो,’ क्षेत्रीय सभापति खड्काले भने।

प्रहरीले बजारमा हिँडिरहेका आफ्ना संगठनका सदस्य प्रकाश चौधरीलाई बिनाकारण पक्राउ गरेको भन्दै उनले बिनासर्त रिहा गर्न उनले माग गरे । प्रहरीको  ज्यादती र दमन नरोकिए थप कडा खालका आन्दोलनका कार्यक्रम ल्याउन नेविसंघ बाध्य हुने सभापति खड्काले चेतावनी दिए ।

‘हरेक खालका निरंकुशताविरुद्ध लड्दै आएको नेविसंघलाई कमजोर देख्ने र दमन गर्न खोजे परिणाम राज्य भोग्ने छ,’ खड्काले भने ।

आफूहरू शान्तिपूर्ण आन्दोलनका पक्षमा रहेता पनि प्रहरीको दमनले आफूहरूलाई थप उत्तेजित बनाएको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र