मेसीको गोलमा अर्जेन्टिनाले जित्दा किन बेहोश म्याराडोना ? कारण यस्ताे !

रुसमा जारी विश्वकप फुटवलमा उपाधी दावेदार मानिएको अर्जेन्टिनाले हिजो राती भएको खेलमा सनसनीपुर्ण जित निकालेको छ । उसले नाइजेरियालाई पाखा लगाउँदै सनसनीपुर्ण जित निकालेको हो ।

maradona_T46zPFLYg4-768x432

अर्जेन्टिनाको दोस्रो गोलमा अर्जेन्टिनाका समर्थक खुसीले गदगद भएका थिए । त्यसै क्रममा अर्जे्न्टिनी लिजेण्ड म्याराडोना जुरुक्कै उठेर खुसी मनाइरहेका थिए । तर उनले आफूलाई सम्हाल्न सकेनन् । उनी खुसी मनाउँदा मनाउँदै लड्खडाएका थिए । त्यसो त उनी नाइजेरियाले बराबरी गोल गरेपछि म्याराडोनाको आँखामा आँसु देखिन्थ्यो ।

नाइजेरियासँगको खेलमा अर्जेन्टिनाको जित भएपछि लिजेण्ड डिएगो म्याराडोना ढलेका थिए । उनी ढलेको तस्वीर टिभीमा स्क्रिनमा देखिएको थियो । अर्जेन्टिानले जितेपछि बेहोस भएर म्याराडोना ढलेको समाचार पछिल्लो समय भाइरल भएको थियो । आफु ढलेको समाचार ढलेपछि उनले आफु ठिक रहेको प्रतिकृया दिएका छन् ।

नाइजेरिया र अर्जे्न्टिनाबीचको खेलमा ८६ औँ मिनेटसम्म एक–एकको बराबरी चलेको थियो । तर खेलको ८६ औँ मिनेटमा मार्कस रोहोले गोल गर्दै अर्जे्न्टिनाको अग्रता दोब्बर बनाएका थिए । अन्त्यमा त्यही गोल नै निर्णायक गोल भयो । त्यही गोलले अर्जेन्टिनालाई नकआउट चरणसम्म लगेको छ ।

म्याराडोनाले इन्स्टाग्राममा मेडिकल स्टाफसँगको फोटो पोस्ट गर्दै आफू ठिक भएको बताएका छन् । आफूलाई खेल हेर्ने क्रममा घाँटी दुखेकाले गाह्रो भएको पनि उनले स्पष्ट पारेका छन् ।

म्याराडोनाले अर्जे्न्टिनाका लागि ९१ खेल खेलेका छन् । उनले अर्जेन्टिनाका लागि ३४ गोल गरेका छन् । सन् १९८६ मा उनले अर्जेन्टिनालई विश्वकप जिताएका थिए । उनले सन् १९८२, १९८६ र १९९४ को विश्वकपमा गोल गरेका थिए ।

तर रोहोको गोलको खुसीमा उनी सम्हालिन सकेनन् । तुरुन्तै उनलाई प्यारामेडिकल टिमले जाँच गरेको थियो । उनलाई सेन्ट पिटर्सबर्गबाट उपचारका लागि मस्को लगिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको