लियोनल मेसीले आफुलाई प्रमाणित गर्ने समय आएको छ ।
विश्वकपमा गोल गर्दै अर्जेन्टिाको निराशजनक प्रदर्शन भुलाएर टोलीलाई नकआउट चरणमा पुर्याउने र विश्वकै उत्कृष्ट स्ट्राईकर भए पनि सधैँ प्रमुख प्रतियोगितामा स्तरअनुसार प्रदर्शन गर्न नसकेको भन्दै हुने आलोचनालाई गलत साबित गर्ने ।
आईतबार ३१ औँ जन्मदिन परे पनि मेसीले जन्मदिन मनाएनन् ।
उनी मंगलबार नाईजेरियाविरुद्धको खेलमा जित हात पार्दै आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छन् ।
अर्जेन्टिनामाथि विजयी नतिजा हात पारे नाइजेरिया अन्तिम १६ मा प्रवेश गर्नेछ । बराबरीको नतिजाले पनि नाईजेरियाका लागि अघिल्लो चरण प्रवेशको ढोका खोल्नेछ ।
तर, त्यसका लागि समुहकै अर्को खेलमा क्रोएसियाले आईस्ल्यान्डलाई पराजित गर्नुपर्नेछ ।
आईस्ल्यान्डको पक्षमा नतिजा आएमा नाईजेरियाले गोलअन्तरमा निर्भर हुनुपर्नेछ ।,
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको