इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको।
गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवीतै उद्वार गरिएको थियो। उनीहरुको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाई छ ।
खोजी र अनुसन्धानको क्रममा चालक दलका अध्यक्ष पक्राउ परेका छन् । सो कुराको जानकारी इन्डोनेसियाको प्रहरीले बिहीबार दिएको छ । डुङ्गा पनि तिनै व्यक्तिको रहेको अनुमान गरिएको छ । तर प्रहरीले अनुसन्धान भर्खरै सुरु गरेको जनाएको छ ।
प्रहरीले यस दुर्घटनामा परी हालसम्म चार व्यक्तिको मृत्यु भएको पुष्टि भएको र बिहीबार जानकारी दिइएको छ । अरु दर्जनौँ व्यक्ति अझै बेपत्ता रहेका छन् ।
दुर्घटनमा परेको सो डुङ्गबाट कम्तीमा १९३ व्यक्ति वेपत्ता रहेका सरकारी अधिकारीहरुको अनुमान रहेको बिहीबार जनाइएको छ।
खोजीकार्य जारी रहेको र हाल सम्म १८ व्यक्तिलाई उद्धार गरिएको उनीहरुले बताएका छन् । तर अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा भने यकिन सङ्ख्या भने प्राप्त भएको छैन ।
इन्डोनेसियाको सुमात्रा द्वीपको प्रख्यात पर्यटकीय स्थल तोबा तालमा गत सोमबार अपराह्न सो डुङ्गा दुर्घटनामा परेको थियो ।
डुबेका वा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्वारमा मङ्गलबारदेखि सयौँको सङ्ख्यामा रहेका उद्धारकर्मी खटिएका छन् ।
तर अब ती हराएका यात्रु जिवीतै उद्वार गर्न सकिने सम्भावना भने निकै नै कम रहेको बताइन्छ । उक्त डुङ्गामा विना टिकट नै यात्रा गरेको प्रहरीले जनाएको छ ।
डुङ्गा गैरकानूनी भएको बताइएको छ । यसरी लुकिछिपी अवैध डुङ्गाबाट यत्रा गराउने गरेकोले सो क्षेत्रमा यसअघि पनि कैयौँको ज्यान गएको बताइएको थियो ।
इन्डोनेसियामा करिब १७ हजार द्वीप रहेका छन् । यस द्वीपमा यातायातको प्रमुख साधनका रूपमा नै डुङ्गा प्रयोग हुने गरेको पाइन्छ । तर यसको यात्रा दिन प्रतिदिन असुरक्षित बन्दै गएको छ ।
इन्डोनेसियामा गतहप्ता सुलावेसी द्वीपमा पनि एक डुङ्गा दुर्घटना हुँदा ४० व्यक्ति डुबेका थिए । तीमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने केहीलाई जिवीतै उद्वारा पनि गरिएको थियो ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष