हात हेरेर आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुहोस् !

hands

स्वास्थ्य कस्तो छ भन्नेबारे हाम्रो शरीरका विभिन्न अंगले अनेक किसिमका संकेत दिइरहेका हुन्छन् । हातले पनि हृदयाघात, पोषक तत्वको कमी, ‘थाइराइड फङ्सन’ जस्ता कुराको संकेत गर्ने गर्छन् । हत्केला, छालाको बनावट, नङ, पसिनाका ग्रन्थी र रङले शरीरमा विभिन्न तत्वको अभावको संकेत गरिरहेका हुन्छन्।

थाइराइड फङ्सन
सुन्निएका औंला र चिसा हात ‘हाइपोथाइराइडिजम’ (असामान्य रुपले निस्क्रिय थाइराइड) को संकेत हुन सक्छ । सक्रिय खालका थाइराइड अर्थात् ‘हाइपरथाइराइडिजम’मा भने हातको छाला रातो या सुख्खा हुने गर्छ।

पोषक तत्वको तह
नङ बिनाकारण भाँच्चिइरहन्छ भने त्यो जिंक, भिटामिन ए, भिटामिन सी र बायोटिनजस्ता पोषक तत्वको कमीका कारण हुन सक्छ । यो क्याल्सियमको कमी हुने रोग ‘हाइपोकाल्सिमिया’को संकेत पनि हुन सक्छ । न्युयोर्कका छालारोग विशेषज्ञ डा डेभिड इ ब्यांकका अनुसार प्रोटिनको कमीले नङ टुक्रा हुन सक्छ।

हाइपरहाइड्रोसिस
चिन्ता बढ्दा या शारीरिक अभ्यास गर्दा अधिकांशको हत्केलामा पसिना आउँछ । तर, हत्केलाका पसिनाका ग्रन्थीहरु आवश्यकभन्दा बढी सक्रिय हुन्छन् भने ‘हाइपरहाइड्रोसिस’को संकेत हुन सक्छ । अमेरिकी प्राध्यापक डा गेरी गोल्डेनवर्गका अनुसार हाइपरहाइड्रोसिस आनुवंशिक हुन्छ र बाल्यकाल अथवा वयस्क उमेरदेखि नै देखिन्छ।

मुटुको अवस्था
मुठी कति बलियोसँग पार्न सकिन्छ भन्ने कुराबाट मुटु कति स्वस्थ छ या हृदयाघात अथवा स्ट्रोक हुने खतरा छ–छैन भनेर संकेत पाउन सकिन्छ । यदि, मुठी दर्बिलो छ भने मुटुको अवस्था राम्रो भएको संकेतका रुपमा लिन सकिन्छ । मुठी कमजोर छ भने दीर्घकालीन स्वास्थ्य समस्या छ भन्ने देखाउँछ।

पार्किन्सन्सको संकेत
आराम गरेको अवस्थामा या कुनै पनि कार्य नगर्दा पनि हात हल्लिरहन्छ भने पार्किन्सन्स रोगको संकेत हुन सक्छ । तर, तनाव, क्याफिन सेवनजस्ता कारणले पनि हात हल्लिन सक्छ।

अक्सिजनको तह
स्वस्थ राता रक्तकोषको कमी भएको अवस्थालाई ‘एनिमिया’ भनिन्छ । यस्तो अवस्थामा शरीरका तन्तुहरुमा आवश्यक मात्रामा अक्सिजन पुग्न सक्दैन । यदि हात र नङ पहेँलो छ भने एनिमियाको संकेत हुन सक्छ।

एक्जिमा
मोस्चराइजर प्रयोग गर्दागर्दै पनि हात खस्रो छ या चिलाउँछ भने ‘एक्जिमा’ भएको हुन सक्छ । तर, के भएको हो भन्ने तय भने छाला रोग विशेषज्ञले नै गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या