June 20, 2018

मध्यपुरथिमि नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

मध्यपुरथिमि नगरपालिकाले यो आर्थिक वर्षलाई ‘बजेट कार्यान्वयन विशेष वर्ष’ को रुपमा मनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

हाम्रो कला, हाम्रो संस्कृति मध्यपुरथिमि हाम्रो सम्पत्ति भन्ने नाराका साथ कला, सम्पदाको संरक्षणमा नगरपालिकाले विशेष योजना ल्याएको छ । 

नगरपालिकाले कला, संस्कृतिलाई एकीकृत गरी निर्धारित क्षेत्रमा जीवित र सांस्कृतिक संग्रहालय निर्माण गर्ने तथा होमस्टेसमेत प्रवद्र्धन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । 

यसैगरी नगर क्षेत्रको वृहत एकीकृत गुरुयोजना, खानेपानी, नगर सडक र ढल निकास सञ्जाल, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माण, साँस्कृतिक एवं सम्पदायुक्त बस्तीको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको पनि उनले बताए । 

नगरपालिकाको प्रशासनिक तथा वडा कार्यालय भवन निर्माण र नगर क्षेत्रका पाँचवटा स्थानमा बहुसाँस्कृतिक एवं ऐतिहासिक प्रवेशद्वार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । निर्माण हुने सम्पूर्ण भवन संरचना अपांग र बालमैत्री हुने सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । 

बस्ती विकासका लागि जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने तथा भइरहेको एकीकरणको स्वामित्व नगरपालिकाले लिँदै व्यवस्थित गर्न आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइने नीति नगरपालिकाले लिएको छ । 

नगरपालिकाले नक्सा पास प्रक्रियालाई सहज, सरल, वैज्ञानिक र पारदर्शी बनाउन आगामी साउन १ गतेदेखि विद्युतीय भवन आचारसंहिता लागू गर्ने, नगरपालिकाको स्वीकृतिबिना कुनै पनि संचरना बनाए भत्काइने नीतिलाई कडाइका साथ लागू गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए । 

नीति तथा कार्यक्रममा खानेपानीलाई सुधार गर्ने, नगर क्षेत्रमा खानेपानीका लागि ८ इन्चको पाइप बिछ्याउने, फोहोरलाई व्यवस्थित गरिने, मनोहरा र हनुमन्ते नदीलाई ‘सफा नदी सभ्य सहर’ कार्यक्रमबाट सफा गर्दै हरियाली बनाउने, सबै वडामा ढलको व्यवस्थापन गर्ने उल्लेख छ । 

नगरपालिकाले आर्थिक विकासका लागि राजश्व सुधार कार्ययोजना अघि सारेको बताउँदै प्रशासकीय अधिकृत ज्ञवालीले मध्यपुर उज्यालो कार्यक्रमलाई प्रभावकारी बनाउने र महत्वपूर्ण स्थानमा सिसी क्यामरा जडान गरिने छ भने । 

नगरपालिकाका प्रत्येक वडामा एक वडा एक स्वास्थ्य संस्था स्थापना गर्ने, शिक्षामा गुणस्तरियता र पहुँचमा समानता गरी विभेद्कारी शिक्षाको अन्त्य गर्ने, छात्रवृत्तिलाई प्रभावकारी बनाउने, स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने नाराका साथ खेलकूदको विकास गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि