कोलम्बियामा इभान डुके नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् ।
उनले फार्क विद्रोहीहरूसँग यसअघि भएका शान्ति सम्झौताका प्रतिबद्धताहरु पूर्ण परिमार्जन गर्ने वाचा पनि गरेका थिए । उनि विद्रोहीहरुप्रति अनुदारवादी नेताका रुपमा परिचित छन् ।
इभान डुके नयाँ राष्ट्रपतिमा चुनिएको खबर निर्वाचन अधिकारीहरुले दिएका छन् । उनीहरुले डुकेले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताएका छन् ।
उनले केही समयमात्र अघि कोलम्बियाली विद्रोही फार्कसँग भएको शान्ति सम्झौताको बिषयमा आलोचक थिए ।
शान्ति सम्झौतालाई पूर्ण रुपमा परिमाजन गर्ने प्रतिबद्धता उनको निर्वाचनको एक एजेण्डा पनि थियो । सन् २०१६ मा कोलम्बिया सरकारसँग फार्क विद्रोही समूहसँग भएकोे शान्ति सम्झौताको पुनर्लेखन हुनुपर्ने इभानको दावी रहदै आएको छ ।
उनका प्रतिद्वन्द्वीमा यहाँका पूर्व वामपन्थी छापामार गुस्ताभो पेट्रो थिए । उनले फार्क विद्रोही समूहसँगको शान्ति सम्झौताको समर्थन गर्दै आएका छन् ।
उनले करिब ४१ प्रतिशत मत ल्याएका छन् । उनि डुकेको निकटतम प्रतिद्धन्द्धी छन् ।
राष्ट्रपतिमा इभान निर्वाचित भएपछि कोलम्बियाको फार्क विद्रोही समूहसँग भएको उक्त विवादास्पद शान्ति सम्झौताको भविश्यबारे प्रश्न उठ्नसक्ने विश्लेषकहरुको भनाई छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष