
एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को पहिलो खेलमा फ्रान्सले जित हात पारेको छ । फ्रान्सले अष्ट्रेलियाविरुद्ध २–१ गोलको जित निकालेको हो ।
फ्रान्सको जितमा एन्टोइनी ग्रिजम्यान र पाउल पोग्बाले गोल गरे । त्यस्तै, अष्ट्रेलियाका लागि माइल जेडिनकले गोल गरेका थिए ।
खेलको खेलको ८१औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई २–१ गोलको जित दिलाएका हुन् । फ्रान्सले गोल गर्ने निकै सुनौलो अवसर खेर फालेको थियो ।
यसअघि खेलको ५८औं मिनेटमा फ्रान्सले पेनाल्टीबाट नै गोल गर्दै अग्रता बनाएको थियो । फ्रान्सका लागि एन्टोइनी ग्रिजम्यानले पेनाल्टीबाट गोल गरेका थिए । डिबक्सभित्र ग्रिम्यानलाई फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो
फ्रान्सले गोल गरेको ४ मिनेटपछि नै अष्ट्रेलियाले पनि पेनाल्टीबाटै गोल गर्दै बराबरी गोल गरेको थियो । खेलको ६२औं मिनेटमा फ्रान्सका डिफेन्डरले ह्यान्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा माइल जेडिनकले गोल गर्दै १–१ गोलको बराबरीमा पु¥याएका थिए ।
पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । सुरुवाती समयमा केही आक्रमक खेल खेलेको फ्रान्सले एकपछि अर्को आक्रमक रणनीति बनाएपनि सफल हुन भने सकेन । रसिया कजान शहरस्थित कजान एरिनामा अष्ट्रेलियाले प्रहार गरेको सर्ट फ्रान्सका गोलकिपरले बचाएका थिए ।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि
भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको