फोनिक्स, संयुक्त राज्य अमेरिका । एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ ।
उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप छ । अमेरिकाको एरिजोना राज्यकी ती महिलालाई क्षमा दिन नमिल्ने र २५ वर्ष अघि उनको कारबाही घटाउन पनि नमिल्नेगरी सो सजायँ सुनाइएको छ ।
अमेरिकाको एरिजोना राज्यमा ती महिलाले सन् २०१६ मा १९ वर्षीय चिनियाँ विद्यार्थीको हत्या गरेकी थिइन् । सो मुद्दा चलिरहेको र उनलाई शुक्रबार एरिजोना राज्यको अदालतले उक्त कारबाही सुनाएको थियो
होली डेभिस् नाम गरेकी ती महिलाले चिनियाँ १९ वर्षीय विद्यार्थी जियान सुको हत्या गरेको खुलेको छ ।
सन् २०१६ मा हत्या भएपछि सोही अरोपमा उनलाई हिरासतमा लिइएको थियो । उनको हत्याको अभियोग प्रमाणित भएको भन्दै अदालतले सो फैसला गरेको बताइएको छ ।
सुको हत्या गरेर फरार रहेकी ती महिलालाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । उनको अभियोग प्रमाणित भएसँगै २५ वर्षको सजायँ सुनाइएको हो । रासस
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग