काठमाडौँ । युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्। तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा निकै कम मात्र चर्चा हुने गरेको छ।
इनर्जी ड्रिंक्सका रूपमा रेडबुल बढी प्रयोग गर्नेहरूमा युवापुस्ता र खेलाडीहरू पर्दछन्। केही समयका लागि थकान मेटिएको अनुभव भए पनि यसले कालान्तरमा अनिद्रा, रक्तचाप बढाउने, चिन्ता बढ्ने, ह्दयाघात, टाउको र छाती दुख्ने समस्या, पखाला लाग्ने, छिनछिनमा पिसाब लाग्ने समस्या, तौल बढ्ने, मिर्गौलामा समस्या देखापर्नेलगायतका समस्या देखिने गरेका छन्।
सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकाको रक्षा विभागले रेडबुलजस्तै एउटा पेय पदार्थ उत्पादन गरेर भियतनाममा रहेका आफ्ना सेनाका लागि प्रयोगमा ल्याएको थियो। यसको मुख्य उद्देश्य युद्धमा थकित सेनाहरूलाई तत्कालका लागि शक्ति प्राप्त गराउनु थियो। त्यो बेला यसलाई ‘≈यालुसिनोजेनिक ड्रग’का रूपमा प्रयोगमा ल्याइएको भए पनि पछि उक्त पेय पदार्थको प्रयोग थुप्रै सैनिकको मृत्युको कारण भएको पुष्टि भएपछि यसको उत्पादन बन्द भएको थियो। रेडबुलमा जस्तै रसायन मिसाइएको उक्त पेय पिएर युद्ध लडेका सिपाहीहरूमा माइग्रेन, ब्रेन ट्युमर तथा कलेजोमा दीर्घकालीन असर परेको देखिएपछि अमेरिकामा यसको प्रयोग रोकिएको थियो।
रेडबुलमा स्वास्थ्यलाई गम्भीर असर गर्ने रसायनिक पदार्थको मिसावट गरिएको हुन्छ। यसमा भिटामिन बी १२ र ग्लुकोरोनोल्याक्टोन नामक हानिकारक रसायन मिसाइएको हुन्छ। उरुग्वे, डेनमार्क र नर्वेमा अहिले पनि रेडबुलको बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। केही मुलुकहरूमा अहिले पनि औषधि पसलमा मात्र रेडबुल किन्न पाइन्छ। फ्रान्समा पनि सन् २०१४ सम्ममा रेडबुल किनबेचमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो। तर त्यहाँको सरकारले ४ वर्षअघिमात्र उक्त निर्णयमाथि फुकुवा गर्दै औषधि पसलबाट मात्र खरिद बिक्री गर्न मिल्ने प्रावधान राखेको छ।
त्यसै गरी कुबेतमा १६ वर्षभन्दा कम उमेरका व्यक्तिले रेडबुल किन्न पाउँदैनन्। स्वीडेनमा रेडबुल खाएर तीन जनाको तीन जनाको मृत्यु भएको विषयमा अहिले पनि अनुसन्धान चलिरहेको छ। मृत्यु भएका ती व्यक्तिमध्ये २ जनाले रक्सीसँग रेडबुल मिसाएर खाएका कारण त्यसले रक्तसञ्चार बन्द भएको ठानिएको छ।
त्यस्तै अर्का एक व्यक्तिले एकैचोटि ३ वटा रेडबुल पिएका कारण मृत्यु भएको ठानिएको छ। रक्सी र रेडबुलको सम्मिश्रण हुँदा हानिकारक रसायन बन्छ जसले कलेजोमा प्रत्यक्ष असर पु¥याउँछ। ब्रिटिस मेडिकल जर्नलका अनुसार रक्सीसँग रेडबुल खाँदा मानिसको ज्यानै जान सक्ने कुरा उल्लेख गरिएको छ। जर्नलका अनुसार रेडबुल र भोड्का मिसाएर खाँदा त्यो स्वाथ्यका लागि बढी हानिकारक हुन्छ। जर्नलले यी दुई पेय पदार्थको मिश्रणलाई ‘डेड्ली बम’को उपनाम दिएको छ। नेपालमा पनि अधिकांश युवा पुस्ताले भोड्का र रेडबुल मिसाएर खाने गरेको भए पनि यसले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा भने निकै कम व्यक्ति मात्र जानकार छन्।
अधिकांश खेलाडीले इनर्जी ड्रिंक्सका नाममा रेडबुल पिउने गर्दछन्। तत्कालका लागि यसले शरीरमा शक्ति प्रवाह गरेको महसुस भए पनि यसले दीर्घकालमा देखिने गम्भीर खालका रोगहरू निम्ताउने ब्रिटिस मेडिकल जर्नलमा उल्लेख छ। बेलायतमा लामो समयसम्म अनुसन्धानले गरेपछि रेडबुल पिउँदा मानव स्वास्थ्यमा पर्ने असरका विषयमा उक्त निष्कर्ष निकालिएको हो। ‘फुटबल, ब्याडमिन्टन, बास्केटबल, जिम, मार्सल आर्टस्लगायत अन्य एथ्लेटिक्सका क्रममा रेडबुल पिउँदा यसले मुटुको गति बढाउँछ। मुटुको गति बढेपछि शरीरमा रगत छिटोछिटो प्रवाह हुन थाल्छ र मानिसहरूले तत्कालका लागि केही शक्ति प्राप्त गरेको महसुस गर्दछन्।’ –जर्नलमा भनिएको छ। नेपाल समाचारपत्रमा खबर छ ।
आयरल्यान्डका १८ वर्षीय बास्केटबल खेलाडी रुज कोनीको बाल्केटबल खेल्दा खेल्दै हर्ट अट्याकका कारण मृत्यु भयो। उनको मृत्युका पछाडि बढी मात्रामा रेडबुल पिएर कोर्टमा उत्रनुलाई कारण मानिएको छ। त्यसै गरी, अमेरिकाका ३३ वर्षीय कोरी टेरीको पनि बास्केट खेल्ने क्रममा मृत्यु भएपछि उनको परिवारले रेडबुलसँग १८ मिलियन अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरेको घटना सेलाउन पाएको छैन।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र