भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको च्यालेन्ज भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले स्वीकार गरेका छन्।
बुधबार प्रधानमन्त्री मोदीले आफ्नो ट्वीट अकाउन्टमा भिडियो शेयर गरेका छन्। उनले विभिन्न किसिमका योगाभ्यास गरिरहेको भिडियोमा देख्न सकिन्छ। भिडियोमा प्रधामन्त्रीले पार्कमा विभिन्न किसिमका योगाअभ्यास गरिरहेका छन्।
खेलमन्त्री राज्यवर्धन राठौडद्वारा सुरु गरिएको फिटनेस च्यालेन्जको स्वीकार गर्दै केही दिनअघि कप्तान कोहलीले फिटनेस अभ्यास गरिरहेको भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियोमा कोहलीले आफ्नी पत्नी अनुष्का शर्मा, भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी र भारतीय प्रधामन्त्री मोदीलाई च्यालेन्ज गरेका थिए।
अनुष्का शर्माले भने विराटको च्यालेन्ज स्वीकार गर्दै केही दिन अघि फिटनेस भिडियो शेयर गरिसकेकी छिन्। मोदीले पनि यसअघि कोहलीको च्याजेन्ज स्वीकार गर्दै लेखेका थिए, विराट तिम्रो च्यालेन्ज मलाई स्वीकार छ, म चाडै आफ्नो भिडियो शेयर गर्नेछु। आज उनले विराटको च्यालेन्जलाई पुरा गरेका हुन्।
भारतीय प्रधानमन्त्रीले भने विराटको च्यालेन्ज स्वीकार गर्दै आज योग अभ्यास गरिरहेको भिडियो सार्वजनिक गरेका हुन्। उनले भिडियो शेयर गर्दै लेखेका छन्, आफ्नो मर्निङ एक्सरसाइजको भिडियो जारी गरेको छु। योगसँग अलग प्रकृतीसँग जोडिएका पञ्चतत्वबाट पनि म प्रभावित छु। यसले एकदमै रिफ्रेस फिल गराउछ।
Related