अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्। सिंगापुरमा भएको ट्रम्प र किमको ऐतिहासिक भेटपछि ट्रम्पले किमलाई ह्वाइट हाउसको निम्तो दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

यसैबीच संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले संयुक्त समझदारी पत्रमा हस्तारक्षर गरेका छन्।
ऐतिहासिक भेटपछि दुई नेताले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। समझदारी पत्रमा भएका बुँदा विस्तृत विवरण आउन बाँकी छ।
समझदारी पत्रमा हस्ताक्षर गरेपछि उत्तर कोरियाली नेता किमले आफूहरूले बिगतलाई छोडिदिने निर्णय गरेकाले अब संसारले नयाँ परिवर्तन देख्ने बताए।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको अनआणविकीकरण प्रक्रिया छिटै सुरू हुने बताए। उनले भविष्यमा धेरै आफूहरू भेट्ने पनि बताए।
यसअघि दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधि मण्डलस्तरीय वार्ता भएका थिए। दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता ४५ मिनेटसम्म चलेको थियो।
वार्तास्थलबाट सँगै निस्किएका उनीहरुमध्ये अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूबीच सौहार्दपूर्ण वार्ता भएको जानकारी गराए।
‘मलाई एकदम खुसी लागिरहेको छ। हामीबीच सौहार्दपूर्ण वार्ता र छलफल भयो। मलाई विश्वास छ हामीबिचको सम्बन्ध गज्जबको हुनेछ, यसमा मलाई कुनै शंका छैन।’
सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग ऐतिहासिक एक्ला एक्लै वार्ता गरेका हुन्।
सबैभन्दा पहिले आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे।
त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे।
‘हाम्रो सम्बन्ध गज्जबको हुनेछ, यसमा मलाई कुनै शंका छैन,’ किमसँग हात मिलाउँदै ट्रम्पले भने। त्यसपछि किम जोङ उनले अंग्रेजीमै भने, ‘राष्ट्रपति ज्यू, तपाईंसँग भेट्दा अत्यन्त खुसी छु।’
यति भनिसकेपछि उनीहरू एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष