एजेन्सी । नयाँ लुगा लगाउने शौख बच्चा बेलामा जति हुन्छ उमेर बढदै बाध्यताको रुपमा परिणत हुन्छ । तर हामीले लगाउने नयाँ लुगाले शरीरमा हानीकारक विषादी समेत प्रवेश गराउँछौँ भन्ने कुराको खुलासा भएको छ ।
हालै गरिएको एक अनुसन्धानले लुगा बनाउने क्रममा प्रयोग गरिएका सरायनबाट शरीरका लागि हानीकारक विषादी निस्कने र त्यसले शरीरमा विभिन्न खालका चर्मरोग निम्त्याउने गरेको पाइएको छ ।
स्टोकहोम युनिवर्सिटीद्धारा गरिएको अनुसन्धानले नयाँ कपडा तयार गर्दा प्रयोग गरिने केमिकल्सले शरीरका लागि हानीकारक विषाक्त तत्व जम्मा गर्ने गरेको देखाएको छ । सो अनुसन्धानले कतिपय त्यस्ता विषाक्त तत्वहरु कपडा धुँदा समेत नजाने उल्लेख गरेका छन् ।
अनुसन्धानकर्ताहरुले भनेका छन् कि जैविक कटनबाट बनेका कपडामा पनि विषादीयुक्त हुने ग्यारेन्टी हुँदैन । अनुसन्धानकर्ताहरुले स्वीडिश तथा अन्तराष्ट्र्रिय क्लाथिङ चैनबाट लिइएको ६० वटा कपडाको नमूना परीक्षण पछि यो निस्कर्ष निकालेका हुन् ।

उनीहरुले प्रारम्भिक परीक्षणमा कपडामा हजारौँ केमिकल्सहरु रहेको र त्यो विषादीयुक्त रहेको बताएका छन् । उनीहरुले भनेका छन, यो केमिकल्सबाट एलर्जी सम्वन्धी तथा चर्म रोग सम्वन्धी विरामीको खतरा बढी हुन्छ । यति मात्रै होइन बाताबरणलाई समेत असर पार्न सक्छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या