सिंगापुरमा हुने ट्रम्प–किम बैठकमा गोर्खाली सेनाको सुरक्षा

 यही १२ जुनमा तय भएको डोनाल्ड ट्रम्प–किम जोन उन ऐतिहासिक बैठकमा विश्वका सबैभन्दा बहादुर सेनाका रुपमा चिनिने नेपालका गोर्खाली सेनाले सुरक्षा दिने भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किम दुवै आ–आफ्ना देशका सुरक्षाकर्मीका साथ आउने भए पनि सिंगापुरका तर्फबाट भने गोर्खाली सेना तैनाथ गरिने समाचार एजेन्सी रोयटर्सले जनाएको छ । गोर्खाली सेनाकै कारण सिंगापुरमा सबैभन्दा विश्वसनीय सुरक्षा व्यवस्था हुने हुनाले यसअघि अमेरिका र उत्तर कोरिया दुवैले ऐतिहासिक वार्ताका लागि यो देशको छनोट गरेका थिए ।

बैठकस्थल वरिपरिका सडक, बैठक बस्ने होटललगायतका महत्वपूर्ण स्थानहरुमा गोर्खाली सेनाले सुरक्षा प्रदान गर्ने तय भएको हो । यसैको तयारीका निम्ति सिंगापुर पुलिसले अहिले उनीहरुलाई विशेष सैन्य पहिरन, बेल्जियममा बनेको एसल्ट राइफल, खुट्टामा पहिरने विशेष प्रकारको पेस्तोल होस्टलरलगायतका हतियार प्रदान गरिरहेको बताइएको छ । तरपनि गोर्खाली सेनाको सबैभन्दा प्रमुख हतियार र राष्ट्रिय पहिचान खुकुरी भएकाले त्यो पनि साथमा हुने बताइएको छ । सार्वजनिक स्थानमा निकै कम देखा पर्ने भए पनि गत हप्ता सांग्रिला होटलमा आयोजित सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी रक्षामन्त्री जीम म्याटिसको विशेष सुरक्षामा गोर्खाली सेनाको भारी उपस्थिति रहेको बताइएको थियो । 

आइआइएसएस मिलिटरी ब्यालेन्सका अनुसार सिंगापुरमा मात्र ६ ठूला कम्पनीहरुका लागि १८ सय गोर्खाली सेना खटाइएको छ । यसबाहेक उनीहरुलाई विशेष अन्तर्राष्ट्रिय समारोहका लागि मात्र सहभागी गराइने गरेको बताइएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय विद्यालय र मलेसियासँगको सीमा क्षेत्रमा पनि उनीहरु देखा पर्ने गरेका छन् । त्यसकारण भिआइपी अतिथिकै लागि विशेष रुपमा बोलाइने हुनाले गोर्खाली आर्मीको सुरक्षा व्यवस्था सिंगापुरले प्रदान गर्न सक्ने सबैभन्दा ठूलो उपहार भएको सैन्य विभागका विज्ञको भनाइ छ । सिंगापुरमा उनीहरु आफ्ना परिवारसँगै सहरभन्दा बाहिरको माउन्ट भर्नन क्याम्पमा बस्ने गर्छन्, जहाँ स्थानीय बासिन्दाहरुलाई प्रवेश निषेध गरिएको हुन्छ ।

विगत २०० वर्षदेखि नै सिंगापुरलगायत बेलायत, ब्रुनाइ, भारतजस्ता देशहरुले नेपालका गोर्खाली सेनालाई विशेष रुपमा भर्ती गराउने गरेका छन् । १९ औँ शताब्दीको युद्धदेखि नै गोर्खाली सेनाबाट अत्यन्तै प्रभावित हुँदा सबैभन्दा पहिले बेलायतले उनीहरुलाई सम्मानस्वरुप तैनाथ गराएको थियो । त्यसैले वर्षौँदेखि सिंगापु्रलाई सुरक्षित राख्नमा पनि गोर्खाली आर्मीको ठूलो हात रहेको सिंगापुर पुलिसको वेबसाइटले व्याख्या गरेको छ । यी सबै देशहरुमा गोर्खा आर्मीलाई परम्परागत शक्तिका रुपमा लिइने गरिएको छ ।

एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन