ग्वाटेमालामा एक शताव्दियताकै शक्तिशाली ज्वालामुखी विस्फोटनमा कम्तीमा ६५ जनाले ज्यान गुमाइसकेको पुष्टि भएको छ।
उक्त मध्य अमेरिकी देशको विपद्सम्बन्धी निकायले उद्धारकर्ताहरूले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेको र दर्जनौँ मानिसहरू हराइरहेको उल्लेख गरेका छन्।
तीव्र वेगमा बगेका तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी मानिसहरूलाई ग्वाटेमाला सिटी भन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रबाट उद्धार गरिएको छ।
राष्ट्रपति जिम्मी मोरालेसले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।
ज्वालामुखी सम्बन्धी विज्ञहरूका अनुसार फोएगोबाट निस्केको खरानीको मुस्लो आकाशमा १० किलोमटरमाथिसम्म पुगेको थियो र त्यो अहिले रोकिएको छ।
ग्वाटेमालामा ज्वालामुखी विस्फोट, दर्जनौँको मृत्यु
भिरालो क्षेत्रका गाउँहरूमा तातो हावा र ज्वालामुखीबाट निस्कने पदार्थहरू बगेर पुगेका थिए जसका कारण एल रोडिओ र सान मिगल लस लोटेस प्रभावित भएका थिए।
सुरक्षित स्थानमा पुर्याइएका कैयौं व्यक्तिहरूले आफ्ना आफन्त हराइरहेको र आफूले निक्कै कष्ट भोगेर घर छाडेको बताइरहेका छन्।
एक जना उद्धारकर्ताले उक्त पहाडी क्षेत्रमा अकस्मात ज्वालामुखीको गतिविधि बढेको र खरानीको मुस्लोका कारण दिउसोको समयमा नै रातिको दश बजे जस्तो लाग्ने गरेको बताए।
एक जना ज्वालामखुखी विज्ञ जेनिन क्रिपनर भन्छिन फोएगो एकदमै सक्रिय ज्वालामुखी हो र त्यहाँ खुकुलो प्रकृतिका ज्वालामुखीबाट निस्कने बस्तुहरू रहेका छन्।
उनका अनुसार भिषण पानी परेको समयमा यस्ता ज्वालामुखीबाट एकदमै ठूलो परिमाणमा भग्नवशेष र चट्टान सहितको भेल बाहिर बग्ने गर्छ जुन एकदमै खतरनाक र घातक हुनसक्ने गरेको छ।
(बिबिसी)
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष