कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिए ।
उनले भने, “यस वर्ष जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव भयो, समयमै जिल्लाबाट परीक्षण सकिएको उत्तर पुस्तिका पनि आएन, केही उत्तर पुस्तिका अझै आउँने क्रम जारी नै छ, कर्मचारीको अभाव र परीक्षा नियन्त्रण कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारी भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन्छ ।”
नतिजा प्रकाशन छिटो गर्ने प्रयास भए पनि पनिकामा समेत यस वर्ष नयाँ कर्मचारी आएका कारण संपरीक्षण लगायतका कार्यमा ढिलाइ हुँदै गएकाले नतिजा ढिलाइ हुने भएको हो । गत चैत ८ गतेबाट शुरु भई १७ गते परीक्षा सम्पन्न भएको थियो ।रासस
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष