नेपालमा भ्रष्टाचार रोक्नलाई एक सयको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री पाण्डे

 पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पाँच सय र हजारको नोट बन्द गरिनुपर्ने बताएका छन् । चितवनको सौराहामा बिहिबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दे नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पाँच सय र हजारको नोट बन्द गर्दै एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्ने बताएका हुन् ।

उनले भने, नेपालमा भ्रष्टाचार पाँच सय र एक हजारको नोटमा टेकेर गरिएको छ । नोटकै कारण भ्रष्टाचार बढेको छ हो ।

साथै उनले फोटो पत्रकारहरुले फोटो बेचेर पैसा कमाउन सक्ने तागत राख्नुपर्ने सुझाव दिए ।

आफू अर्थमन्त्री भएको भए तुरुन्तै पाँच सय र एक हजारका नोट बन्द गरी एक सयका मात्रै नोट सञ्चालनमा ल्याउने योजना पाण्डेले बताए । उनले भने, ‘एक सयका नोटका बण्डल बोकेर को मान्छे रकम बुझाउन जान्छ ? बोराका बोरा पैसा लिएर हिँड्न पनि समस्या हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र