पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पाँच सय र हजारको नोट बन्द गरिनुपर्ने बताएका छन् । चितवनको सौराहामा बिहिबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दे नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पाँच सय र हजारको नोट बन्द गर्दै एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्ने बताएका हुन् ।
उनले भने, नेपालमा भ्रष्टाचार पाँच सय र एक हजारको नोटमा टेकेर गरिएको छ । नोटकै कारण भ्रष्टाचार बढेको छ हो ।
साथै उनले फोटो पत्रकारहरुले फोटो बेचेर पैसा कमाउन सक्ने तागत राख्नुपर्ने सुझाव दिए ।
आफू अर्थमन्त्री भएको भए तुरुन्तै पाँच सय र एक हजारका नोट बन्द गरी एक सयका मात्रै नोट सञ्चालनमा ल्याउने योजना पाण्डेले बताए । उनले भने, ‘एक सयका नोटका बण्डल बोकेर को मान्छे रकम बुझाउन जान्छ ? बोराका बोरा पैसा लिएर हिँड्न पनि समस्या हुन्छ ।’
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष