नेपाल राष्ट्र बैंकले क्यासिनोहरुमाथि कडाई गरेको छ । केन्द्रीय बैंकले सबै क्यासिनोले विदेशी विनिमयम कारोबार सञ्चालन गर्नुपूर्व राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७४ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकको विदेशी विनिमयम व्यवस्था विभागले “क” र “ख” वर्गमा इजाजतप्राप्त वित्तीय संस्था, क्यासिनो तथा अन्य इजाजतप्राप्त संस्थाको नाममा परिपत्र गर्दै अब क्यासिनोहरुले विदेशी मुद्राको कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न गर्नुपर्ने जनाएको हो ।
राष्ट्र बैंकले गरेको व्यवस्थामा क्यासिनो खेलको लागि अमेरिकी डलर ५ हजार वा सो बराबरको विदेशी मुद्रा नगदै लिन सकिने उल्लेख छ भने सो भन्दा बढी रकमको हकमा भन्सार घोषणा गरी प्रमाणित गरेको वा बैंकिङ प्रणालीमार्फत रकम प्राप्त गरेको हुनुपर्ने बताइएको छ ।
यसका साथै, इजाजतप्राप्त क्यासिनोले बैंक तथा वित्तीय संस्थासँग आवश्यक सम्झौता गरी खेलाडीसँग पीओएसमार्फत् विदेशी मुद्रा प्राप्त गर्न सक्नेछन् ।
यस्तै, भारतबाट क्यासिनो खेल्न आउनेहरुबाट प्राप्त भारतीय मुद्राको छुट्टै खाता खोल्नुपर्नेछ । सो खाता बैंकिङ च्यानलमार्फत् प्राप्त हुने भारतीय मुद्रा जम्मा गर्नुपर्ने र खेलाडीले जितेको अवस्थामा पनि बैंकिङ च्यानलमार्फत् मात्र भुक्तानी गर्नुपर्ने निर्देशनमा उल्लेख छ । खाता खोल्दा परिवत्र्य विदेशी मुद्रा तथा भारतीय मुद्रामा खाता खोल्न सक्नेछन् ।
क्यासिनोहरुले भारतीय मुद्रा खातामा भारु १० करोड तथा परिवत्र्य विदेशी मुद्रा खातामा २० लाख अमेरिकी डलरसम्म अधिकतम मौज्दात राख्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सो भन्दा बढी भए नेपाली मुद्रा खातामा रकमान्तर गर्नुपर्नेछ । यस विषयमा क्यासिनोहरुले राष्ट्र बैंकसँग अनुमति लिएर बैंक तथा वित्तीय संस्थामा भारतीय मुद्रा वा परिवत्र्य नेपाली मुद्रा कुनै एकमा खाता खोल्न सक्नेछन् ।
खेलाडीले जितेको पैसा नियम अनुसार बैंकिङ च्यानलबाटै फिर्ता गर्नुपर्नेछ । भारतीय मुद्राको हकमा कम्पनीको खातामा रकम भएसम्म ३० लाखको सिमासम्म तथा अमेरिकी डलरको हकमा १० हजारसम्म सोझै आफ्नो खाता भएको बैंक मार्फत पठाउन सकिने र सो भन्दा बढी भए राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष