क्यासिनोमाथि कडाइ : बैंकिङ प्रणालीमार्फत रकम प्राप्त गरेको हुनुपर्ने

नेपाल राष्ट्र बैंकले क्यासिनोहरुमाथि कडाई गरेको छ । केन्द्रीय बैंकले सबै क्यासिनोले विदेशी विनिमयम कारोबार सञ्चालन गर्नुपूर्व राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७४ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकको विदेशी विनिमयम व्यवस्था विभागले “क” र “ख” वर्गमा इजाजतप्राप्त वित्तीय संस्था, क्यासिनो तथा अन्य इजाजतप्राप्त संस्थाको नाममा परिपत्र गर्दै अब क्यासिनोहरुले विदेशी मुद्राको कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न गर्नुपर्ने जनाएको हो ।

राष्ट्र बैंकले गरेको व्यवस्थामा क्यासिनो खेलको लागि अमेरिकी डलर ५ हजार वा सो बराबरको विदेशी मुद्रा नगदै लिन सकिने उल्लेख छ भने सो भन्दा बढी रकमको हकमा भन्सार घोषणा गरी प्रमाणित गरेको वा बैंकिङ प्रणालीमार्फत रकम प्राप्त गरेको हुनुपर्ने बताइएको छ । 

यसका साथै, इजाजतप्राप्त क्यासिनोले बैंक तथा वित्तीय संस्थासँग आवश्यक सम्झौता गरी खेलाडीसँग पीओएसमार्फत् विदेशी मुद्रा प्राप्त गर्न सक्नेछन् ।

यस्तै, भारतबाट क्यासिनो खेल्न आउनेहरुबाट प्राप्त भारतीय मुद्राको छुट्टै खाता खोल्नुपर्नेछ । सो खाता बैंकिङ च्यानलमार्फत् प्राप्त हुने भारतीय मुद्रा जम्मा गर्नुपर्ने र खेलाडीले जितेको अवस्थामा पनि बैंकिङ च्यानलमार्फत् मात्र भुक्तानी गर्नुपर्ने निर्देशनमा उल्लेख छ । खाता खोल्दा परिवत्र्य विदेशी मुद्रा तथा भारतीय मुद्रामा खाता खोल्न सक्नेछन् ।

क्यासिनोहरुले भारतीय मुद्रा खातामा भारु १० करोड तथा परिवत्र्य विदेशी मुद्रा खातामा २० लाख अमेरिकी डलरसम्म अधिकतम मौज्दात राख्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सो भन्दा बढी भए नेपाली मुद्रा खातामा रकमान्तर गर्नुपर्नेछ । यस विषयमा क्यासिनोहरुले राष्ट्र बैंकसँग अनुमति लिएर बैंक तथा वित्तीय संस्थामा भारतीय मुद्रा वा परिवत्र्य नेपाली मुद्रा कुनै एकमा खाता खोल्न सक्नेछन् ।

खेलाडीले जितेको पैसा नियम अनुसार बैंकिङ च्यानलबाटै फिर्ता गर्नुपर्नेछ । भारतीय मुद्राको हकमा कम्पनीको खातामा रकम भएसम्म ३० लाखको सिमासम्म तथा अमेरिकी डलरको हकमा १० हजारसम्म सोझै आफ्नो खाता भएको बैंक मार्फत पठाउन सकिने र सो भन्दा बढी भए राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र