कुन बेला नुहाउँदा राम्रो, बिहान वा बेलुका ?

कति बेला नुहाउँदा राम्रो होला, बिहान वा बेलुका ? पहिलो पटक सुन्दा यो निकै साधारण प्रश्न लाग्ला तर जब तपाईं यो प्रश्न आफ्ना परिचितलाई सोध्नुहुन्छ, यसको भिन्न उत्तर पाउनुहोला । कतिले राती नुहाउनु राम्रो भन्लान् कतिले भने बिहान ।

नुहाउने समय स्थितीमा निर्भर हुन्छ जस्तै तपाईंको छालाको प्रकार, तपाईंको कामको प्रकार र तपाईं कति प्रदुषण वा धुलोसँगको सम्पर्कमा आउनुहुन्छ । तपाईंले नुहाउने सही तरिकालाई यसरी छान्नुहोस् ।

bathing

 

तपाईंले बिहान नुहाउनुपर्छ यदि

तपाईंको छाला चिल्लो छ भनेः

विशेषज्ञका अनुसार चिल्लो छाला भएका मानिसहरुले बिहान नुहाउँदा फाइदा हुन्छ । यसो गर्दा छाला राम्रो हुन्छ ।

जो बिहान दाह्री काट्छन्ः

पुरुषका लागि दाह्री काट्ने सबैभन्दा राम्रो समय नुहाउने बेला वा नुहाइसकेपछि हुन्छ । नुहाउँदा दाह्री नरम हुन्छ जसका कारण काट्न सजिलो हुन्छ । त्यसकारण जो पुरुष बिहान दाह्री काट्छनु भने उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ ।

जो चाँडै उठ्छन्ः

जो व्यक्ति बिहान चाँडै उठ्छन् उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ । तर स्नूज बटनको अत्यधिक प्रयोग गर्नेहरुका लागि यो आइडिया राम्रो होइन ।

यदि तपाईंलाई राती धेरै पसिना आउँछ भनेः

जसलाई राती धेरै पसिना आउँछ भने तपाईंले बिहान नुहाउँदा राम्रो हुन्छ तर जसले राती सुत्नुअघि नुहाउँछन् र धेरै पसिना आउँदैन भने उनीहरुले बिहान नुहाउन आवश्यक छैन ।

 

तपाईंले राती नुहाउनुपर्छ यदि

थुप्रै मानिसलाई राती सुत्नुअघि नुहाउनु आरामदायी र सजिलो लाग्छ । यद्यपी, केही अनुसन्धानका अनुसार राती नुहाउनुको अर्थ तपाईंको शरिरको तापक्रममा परिवर्तन हुनसक्छ जसले प्राकृतिक लयमा बाधा पुर्याउन सक्छ, निन्द्रा कम लाग्न सक्छ । यदि यस्तो छ भने सुत्नु दुई घण्टाअघि नुहाउनुहोस् ।

यदि तपाईं मेकअप गर्नुहुन्छः्

यदि तपाईं सन स्क्रिन वा मेकअप आदिको प्रयोग गर्नुहुन्छ, त्यसलाई क्लिन्जरको प्रयोग गरेर सफा गर्न आवश्यक छ । तर यदि राती नुहाएर सुत्नुहुन्छ भने तपाईंको छाला राम्रोसँग सफा हुन्छ ।

धुँवा धुलोमा काम गर्नेहरुलेः

यदि अस्पताल वा भवन निर्माण साइट आदिमा काम गर्नुहुन्छ भने तपाईं लगातार धुलो, प्रदुषण वा किटाणु आदिको सम्पर्कमा रहनुहुन्छ त्यसकारण सुत्नुअघि नुहाउनुपर्छ ।

त्यसकारण नुहाउने निर्णय आफ्नो शरिर वा दिनचर्याको हिसाबले गर्नुहोस् । तर धेरै पटक नुहाउनबाट बच्नुहोस् । धेरै नुहाउँदा तपाईंको शरिरको गुड ब्याक्टेरिया जस्तै तपाईंको रक्षा गर्दछ, लाई नष्ट हुनसक्छन् र तपाईंको छाला संक्रमण हुने आशंका बढ्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र