प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारलाई दिए यस्ताे सुझाव !

सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा सीमा विवाद, सीमा सुरक्षा, तराई र मधेसको डुबान समस्या समाधानमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।

parliament_of_neapal_QBYkg0tosX

आजको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले दुईपक्षीय हितका सवालमा भारतीय सरकारसँग जोडदार रुपमा आफ्ना कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद लिलानाथ श्रेष्ठले तराई मधेसमा बर्षात्मा ठूलो क्षति पुर्याउने गरेको भन्दै नदी नियन्त्रणतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले प्रदेश २ मा जनसंख्या र मानव विकास सूचाङ्कका आधारमा सुनकोशी कमला डाइभर्सनका लागि बजेट विनियोजन गर्न पनि माग गरेका छन् ।

सांसद सञ्जय कुमार गौतमले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा विगतका सन्धि सम्झौता कार्यान्वयनबारे छलफल गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेश्वर गहतराजल अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भारतले नेपालको भुभागमा निर्माण गरेका लक्ष्मणपुर बाँध र पूर्वपश्चिम सडक लगायत संरचनाले त्यस क्षेत्र बासिन्दा हरेक बर्ष डुबानको समस्या भोग्न बाध्य भएको भन्दै सो बारे भारतीय प्रधानमन्त्री मोदी संग कुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अमरेश कुमार सिंहले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिन पनि सरकारलाई सुझाव दिएका छन् ।

त्यस्तै, सांसद प्रकाश पन्तले मुलुकमा रोजगारी नभएर विदेशिएका युवालाई समेट्ने समृद्धि र सामाजिक सुरक्षा कार्यक्रम बजेटमा समावेश गर्न आवश्यक भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन