प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारलाई दिए यस्ताे सुझाव !

सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा सीमा विवाद, सीमा सुरक्षा, तराई र मधेसको डुबान समस्या समाधानमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।

parliament_of_neapal_QBYkg0tosX

आजको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले दुईपक्षीय हितका सवालमा भारतीय सरकारसँग जोडदार रुपमा आफ्ना कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद लिलानाथ श्रेष्ठले तराई मधेसमा बर्षात्मा ठूलो क्षति पुर्याउने गरेको भन्दै नदी नियन्त्रणतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले प्रदेश २ मा जनसंख्या र मानव विकास सूचाङ्कका आधारमा सुनकोशी कमला डाइभर्सनका लागि बजेट विनियोजन गर्न पनि माग गरेका छन् ।

सांसद सञ्जय कुमार गौतमले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा विगतका सन्धि सम्झौता कार्यान्वयनबारे छलफल गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेश्वर गहतराजल अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भारतले नेपालको भुभागमा निर्माण गरेका लक्ष्मणपुर बाँध र पूर्वपश्चिम सडक लगायत संरचनाले त्यस क्षेत्र बासिन्दा हरेक बर्ष डुबानको समस्या भोग्न बाध्य भएको भन्दै सो बारे भारतीय प्रधानमन्त्री मोदी संग कुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अमरेश कुमार सिंहले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिन पनि सरकारलाई सुझाव दिएका छन् ।

त्यस्तै, सांसद प्रकाश पन्तले मुलुकमा रोजगारी नभएर विदेशिएका युवालाई समेट्ने समृद्धि र सामाजिक सुरक्षा कार्यक्रम बजेटमा समावेश गर्न आवश्यक भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र