May 4, 2018

दक्षिणकाली-रत्नपार्क रूटमा आजदेखि १४ नयाँ बस (भिडियोसहित)

दक्षिणकाली नगरपालिकाले  दक्षिणकाली-रत्नपार्क रुटमा १४ वटा नयाँ बस चलाउन थालेको छ। नगरपालिकाले संयोजनमा शुक्रबार साँझदेखि बस चल्न थालेका हुन्।बल्खुमा काठमाडौं- १० का सांसद राजन केसी  र दक्षिणकालीका मेयर मोहन बस्नेतले बस सेवाको उद्घाटन गरे।नगरपालिकाले अग्रसरता लिएर सो क्षेत्रका यातायात व्यवसायीसँग मिलेर नयाँ बस सञ्चालनमा ल्याइएको मेयर बस्नेतले सेतोपाटीलाई जानकारी दिए।लामो समयदेखि दक्षिणकालीका जनताको नयाँ बस चढ्ने इच्छा आज पूरा भएको उनले बताए।‘धेरै प्रयासपछि यो अवसर जुरेको हो। आजकै दिनदेखि सुरु गर्ने पूर्वनिर्धारित योजना नभए पनि हामीले सुरू गरेका हौं,’ उनले भने, ‘दक्षिणकालीका जनताको नयाँ बस चढ्ने इच्छा पूरा भएको छ।बस सञ्चालनमा नगरपालिकाले संयोजनमात्र गरेको  र नयाँ बसको कम्पनी छिटै दर्ता हुने उनले जानकारी दिए।

नगरपालिकामा ५० वटा बस आवश्यक भए पनि पहिलो चरणमा १४ वटा सञ्चालन  ल्याइएको बस्नेतले बताए।‘हेटौंडातिर जाने सुमो पनि दक्षिणकालीबाट छुट्ने व्यवस्था गर्दैछौं, त्यसका लागि पनि नयाँ बस चलाउन आवश्यक छ,’ मेयर बस्नेतले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन