यातायात व्यवसायीहरूले देशभर चल्ने लामो दूरीका सार्वजनिक यातायात बन्द गरेका छन्।
सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका हुन्।
सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका सिण्डिकेट तोड्ने सरकारी नियमका विरुद्ध आन्दोलनमा उत्रिएका व्यवसयीहरूले आज लामो दूरीमा चल्ने सबै गाडी ग्यारेजमा थन्काएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
सरकारले ल्याएको नीति हेरफेर नभएसम्म आन्दोलन जारी राख्ने भन्दै सिटौलाले भोलि सबै क्षेत्रमा चल्ने गाडी ग्यारेजमा थन्किने बताए।
आज देशभर समितिमार्फत चल्ने गाडीका काउन्टरहरू बन्द भएका छन्। उनीहरूले आज लामो दूरीमा कुनै पनि गाडी नचलाउने बताएका छन्।
ग्यारेजमा थन्काउने गाडीको रुट परमिट खारेज गरिदिने सरकारी चेतावनीका बाबजुद समितिहरूले देशभर लामो दूरीमा यातायात बन्द गर्दा यात्रुहरूले सास्ती पाएका छन्।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष