गोरखाको मनकामना मन्दिरमा गजुर

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा आज गजुर स्थापना गरिएको छ । बिहान ९ बजेको उत्तम साइतमा पुजारी र अन्य पण्डितहरुबाट विधिवत पूजा गराइ गजुर स्थापना गरिएको हो । जिर्णोद्धार गरिएको मन्दिरमा वैशाख पूर्णिमाको दिन पारेर क्षमापूजा गरी गजुर राखिएको मन्दिर जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए ।

manakamana-mandir-gajur

जीर्ण रहेको पुरानो गजुरलाई मर्मत गर्दा करिब ३३ तोला सुन लागेको र करिब ४० लाख रुपैयाँ खर्च लागेको छ । असारसम्ममा छाना छाउने काम सक्ने र असोज महिनादेखि भक्तजनका लागि मन्दिर खुल्ला गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए ।

मन्दिर जिर्णोद्धारका लागि १२ करोड रुपैयाँ भन्दा बढी लाग्ने समितिको अनुमान छ । २०७२ देखि मन्दिर जिर्णोद्धारको काम सुरु गरिएकोमा अहिले सम्म करिव ९५ प्रतिशत काम सम्पन्न भएको जिर्णोद्धार समितिका संयोजक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र