गोरखाको मनकामना मन्दिरमा गजुर

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा आज गजुर स्थापना गरिएको छ । बिहान ९ बजेको उत्तम साइतमा पुजारी र अन्य पण्डितहरुबाट विधिवत पूजा गराइ गजुर स्थापना गरिएको हो । जिर्णोद्धार गरिएको मन्दिरमा वैशाख पूर्णिमाको दिन पारेर क्षमापूजा गरी गजुर राखिएको मन्दिर जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए ।

manakamana-mandir-gajur

जीर्ण रहेको पुरानो गजुरलाई मर्मत गर्दा करिब ३३ तोला सुन लागेको र करिब ४० लाख रुपैयाँ खर्च लागेको छ । असारसम्ममा छाना छाउने काम सक्ने र असोज महिनादेखि भक्तजनका लागि मन्दिर खुल्ला गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए ।

मन्दिर जिर्णोद्धारका लागि १२ करोड रुपैयाँ भन्दा बढी लाग्ने समितिको अनुमान छ । २०७२ देखि मन्दिर जिर्णोद्धारको काम सुरु गरिएकोमा अहिले सम्म करिव ९५ प्रतिशत काम सम्पन्न भएको जिर्णोद्धार समितिका संयोजक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष