April 28, 2018

ज्योतिष शास्त्र भन्छ, जीवनमा ठूला घटना घट्नु अघि देखिन्छन् यस्ता संकेतहरुः

 

ज्योतिष शास्त्रमा अधिकांश मानिसहरु विश्वास गर्ने गर्दछन् । ज्योतिष शास्त्रका कतिपय कुराहरु विज्ञानसँग पनि मेल खाने खालका छन् ।

ज्योतिष शास्त्रले भविष्यमा हुने घटनामा वर्तमान क्रियाकलाप र घटनाले समेत प्रभाव पार्ने बताउँछ । कतिपय भविष्यमा हुने घटनाका लक्षणहरु अगाडी नै देखिने समेत ज्योतिष शास्त्रको दावी छ । भविष्यमा ठूला घटना हुँदा देखिने संकेत यस्ता छन् ।

 बिहान दुध देख्नु शुभ मानिन्छ । दुध उम्लेर भने झनै राम्रो मानिन्छ । तर दुध उम्लेर पोखिनु चाँहि नराम्रो मानिन्छ । विहानै दुध उम्लेर पोखिएको देखियो भने दुर्घटना हुन सक्ने संकेत मानिने ज्योतिष शास्त्रीको भनाइ छ । दुधलाई भाँडोमा राखेर हल्लाउनु पनि अशुभ मानिन्छ यसले घरमा झगडा हुन सक्छ ।

–  घरमा ऐनाको ठूलो महत्व छ । ऐना हातबाट खसेर फुट्यो भने अशुभ मानिन्छ । फुटेको ऐनामा अनुहार हेर्नु अझै नराम्रो मानिन्छ । खासमा ऐना फुट्नु अशुभ घटनाको संकेत हो ।

 यदि तपाइँको हातबाट चक्कु खस्यो भने बुझ्नुस् केही अशुभ घटना हुँदैछ । तर नवजात शिशुको शिरानी नजिकै चक्कु राख्नु भने शुभ मानिन्छ । यस्तो गर्दा बच्चा निद्रामा रुँदैनन् भन्ने ज्योतिषशास्त्रीको दावी छ ।

 घरमा कुचोलाई लक्ष्मी मानिन्छ । किनभने यसले दरिद्रतालाई घरबाट बाहिर निकाल्छ भन्ने विश्वास छ । नयाँ घरमा प्रवेश गर्नु अघी पनि कुचो लगाउनु शुभ मानिन्छ । तर सूर्यास्तपछि कुचो लगाउनु भनेको अशुभ हो । यसले नराम्रो घटना हुन सक्ने विश्वास छ ।

 कालो पोषाक: कुनै पनि ब्यक्ति कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यो अशुभ मानिन्छ । यसले दुर्घटना वा अप्रिय घटनाको संकेत गर्छ । यदि कतै टाढा जान लाग्नु भएको छ र कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यात्रा स्थगित गर्नुस् ।

 चाँवीलाई सम्पूर्णताको प्रतिक मानिन्छ । यदी तपाइँको चावी सफा गर्दा पनि पटकपटक फोहोर नै भएको पाउनु हुन्छ भने यो शुभ मानिन्छ । चावीलाई बच्चाको शिरानीको तल राख्दा शुभ हुने मानिन्छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा