नेपालको प्रतिव्यक्ति आय बढ्यो ! धनी भए नेपाली

percapita-income-annapurna_QmmU6TgXvxकाठमाडौं – प्रतिव्यक्ति नेपालीको वार्षिक आय ११ हजार तीन सय चार रुपैयाँ बढेको छ। गत वर्षको प्रतिव्यक्ति आय ९२ हजार ३१ रुपैयाँबाट बढेर यस वर्ष एक लाख तीन हजार तीन सय रुपैयाँ पुग्ने तथ्यांक विभागले जनाएको छ।शिक्षा, स्वास्थ्य, निर्माण तथा सामाजिक क्षेत्र, थोक तथा खुद्रा व्यापारमा आएको बढोत्तरीसँगै नेपालीको प्रतिव्यक्ति आय बढेको हो ।

 पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुधारका कारण रोजगारी, उत्पादन तथा उत्पादकत्व बढ्दा प्रतिव्यक्ति आयमा सुधार आएको पूर्व अर्थसचिव डा. शान्तराज सुवेदीले बताए। 

‘नेपालीको औसत आय बढ्नुमा पुनर्निर्माण, ठूला तथा राष्ट्रिय गौरवका आयोजनाका निर्माणले लिएको गति, सरकारी खर्चमा भएको बढोत्तरीले नेपालको कुल गार्हस्थ उत्पादन बढ्न जाँदा त्यसको प्रभाव प्रतिव्यक्ति आयमा देखियो’, पूर्व अर्थसचिव डा. सुवेदीले भने, ‘पछिल्लो समय विद्युत् आपूर्ति बढ्न जाँदा उद्योग क्षेत्रको उत्पादन बढ्नुका साथै निर्माणमा प्रगति हुँदै गएको छ।’

उद्योग तथा पूर्वाधार क्षेत्रमा विकास र विस्तार हुँदै जाने, कृषि क्षेत्रलाई व्यवसायीकरण गर्दै यसको उत्पादनमा ध्यान दिने हो भने नेपालीको प्रतिव्यक्ति आय आगामी आर्थिक वर्षमा विकासशील देश तहमा स्तरोन्नति हुने उनको दाबी छ। विकासशील देशमा प्रतिव्यक्ति आय कम्तीमा १२ सय अमेरिकी डलर हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले