अन्यायमा नपरेका भए शिक्षक क्रान्तिकारी र परिवर्तनक्रारी हुँदैनथे : पुष्पकमल दाहाल

 माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

197380804230727967_2089659567985934_6338816381034692608_n

सोमबार राजधानीमा आयोजित नेपालको विशिष्टता समाजवादी शिक्षाको प्रारुप विषय एक दिवसीय शैक्षिक कार्याशालालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाल निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । 

अध्यक्ष दाहालले भने, “नेपाल अहिले संघीय लोकतान्त्रक गणतन्त्रमा गएको छ । जतिपनि नेपालमा भएका परिवर्तनमा शिक्षकहरुको अतुलनिय योगदान छ । शिक्षकहरु अन्यायमा नपरेका भए क्रान्तिकारी र परिवर्तनक्रारी हुँदैनथे, अन्यायमा परेरनै मुलुक बदल्ने आँट आएको हो ।”

उनले आफूहरुको नयाँ समाजवादको यात्रा पनि शिक्षकहरुको भूमिका महत्वपर्ण हुनुपर्ने विचार व्यक्त पनि गरे । “हामीले अहिले स्थिरता र समृद्धिको कुरा गरिरहेका छौं, हाम्रो नयाँ समाजवादको यात्रामा पनि शिक्षक साथीहरुले साथ दिनुहुन्छ भन्ने मैले विश्वास गरेको छु,” दाहालले भने ।

उनले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानि नपुगेको बताउँदै शिक्षकहरुको पेसालाई राज्यले नै सम्बोधन गर्नुपर्ने बताए । अध्यक्ष दाहालले पुँजीवादी शिक्षाले विद्यार्थीलाई आतंक मच्याउने भन्दै अबको शिक्षा आत्मनिर्भर र स्वरोजगार किसिमको बनाउन शिक्षकहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षक पेसा जागिरको लागि नभएको बताए । “हरेक व्यक्तिमा रहेको ज्ञानलाई जागृत गर्ने पेसा नै शिक्षक हो । शिक्षकमा देश बनाउने जिम्मा हुन्छ । मुलुकमा रहेका हरेक नेपालीलाई मेरो देश हो भन्ने भावना बताउने काम शिक्षकको हो,” उनले भने । मन्त्री पोखरेलले विज्ञान र प्रविधिलाई आत्मसात गर्दै अबको शिक्षा अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र