
काठमाडौं– सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल वाँस्कोटाले केही दिनअघि आईएमईआई नम्बर दर्ता नगरी मोबाइल चलाउन नदिने बताए। यसले विदेशबाट मोबाइल ल्याउन पाइन्छ कि पाइदैन भन्ने अन्योलता सिर्जना गरेको छ।
आगामी आर्थिक वर्षदेखि सरकारले दर्ता नगरेको मोबाइल चलाउन नदिने तयारी गरिरहेको छ। चोरीका मोबाइल नियन्त्रण गर्न र अपराध अनुसन्धानलाई सहज बनाउन सरकारले यस्तो तयारी गरेको हो। सरकारको जून तयारीले खासगरी विदेशमा रहेका नेपालीहरुको ध्यान खिचेको छ। अब बिदेशबाट फर्कदा मोबाइल ल्याउन नपाइने भनेर प्रचार गरिएको छ।
तर, त्यो झुटो भएको मन्त्रालयले जनाएको छ। बिदेशमा रहेका नेपालीले व्यक्तिगत प्रयोजनका लागि मोबाइल बिदेशबाट ल्याउन पाउनेछन। सञ्चार राज्यमन्त्री बाँस्कोटा भन्छन,‘मोबाइल ल्याउन नपाउने भन्ने होइन, ल्याउन पाइन्छ, तर दर्ता गरेर मात्र चलाउन पाइन्छ भनेको हो।’
आईएमई नम्बर दर्ताका लागि एयरपोर्टमा डेस्क राखिने र त्यसलाई बिदेशबाटै फारम फर्न मिल्ने गरी अनलाइन सिष्टम समेत बनाउन लागिएको मन्त्री बाँस्कोटाले बताए। आईएमईआई नम्बर दर्ताका लागि कुनै शुल्क लाग्दैन। विदेशमा रहेका नेपाली कामदारहरुको लागि अझ सहज हुने गरी आफुहरुले योजना बनाएको उनले बताए। व्यक्तिगत प्रयोजनका लागि विदेशबाट मोबाइल ल्याउदा कुनै पनि प्रकारको भन्सार पनि नलाग्ने मन्त्री बाँस्कोटाले बताए।
देशमा ठुलो मात्रामा तस्करी गरेर मोबाइल भित्राइएको गरेकाले त्यसलाई नियन्त्रण गर्न सरकारले यस्तो तयारी गरेको हो। यसबाट मोबाइलबाट हुने अपराध धेरै हदसम्म नियन्त्रण हुने प्रहरी अधिकारीहरु बताउँछन। कुन मोबाइल कसको नाममा दर्ता छ भन्ने पत्ता लाग्ने भएकाले अपराध नियन्त्रण सहज हुने छ।
सबैजसो देशमा आईएमईआई नम्बर दर्ता नगरेका मोबाइल प्रयोग गर्न दिइन्न। नेपालमा पनि सरकारले मोबाइल प्रयोगलाई व्यवस्थित गर्न लागेको हो।
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक
काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता