April 8, 2018

काभ्रेको दोलालघाटमा दोलालघाट महोत्सव–२ शुुरु तपाई पनि जाने हैन त दोलालघाट ?

चैत्र २५ काभ्रे । काठमाडौंबाट ५८ किलोमिटरको दुरीमा नदीको किनारामा रहेको काभ्रे भुम्लु गाउँपालिका–१०, दोलालघाटस्थित दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले आयोजना गरेको दोलालघाट महोत्सव २ शुक्रबारबाट सुरु गरेको छ । दुलालेश्वर वातारणीय समाजसेवा क्लबले प्राकृतिक तथा सांस्कृतिक कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवर्द्धन विकासको आधार भन्ने मुल नाराका सुरु गरिएको महोत्सव २०७५ वैशाख ३ गतेसम्म चल्ने छ । आयोजक दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले दोलालघाट आई प्राकृतिक तथा सांस्कृतिक कृषि र व्यापारको अवलोकन, स्थानीय सुनकोशी र इन्द्रवातीको लोकल माछा, स्थायिन स्तरमा उत्पादन गरिएको कृषिजन्य बस्तुहरु र खुवाको स्वाद लिन पनि आम काभ्रेबासी, सिन्धुपाल्चोकबासी, भक्तपुरबासी, काठमाडौंबासी, ललितपुरबासी एवम् देशबासीमै आग्रह गरेको छ । महोत्सबमा बिभिन्न स्टलहरु सहित मनोरनजनकमुलक खेलहरु पनि रहेको आयोजकले जनाएको छ । दोलालघाट महोत्सव २ मा १ सय ५ स्टलहरु राखेकोमा ७० भन्दा धेरै स्टलहरु बुक भइसकेको आयोजकले जनाए । महोत्सवभरमा दोलालघाटको सुनकोशी र इन्द्रवातीको लोकल माछा, स्थायिन स्तरमा उत्पादन गरिएको कृषिजन्य बस्तुहरु र खुवाको स्टल प्रमुखरुपमा रहेको क्लबको अध्यक्ष अष्ठ श्रेष्ठले काभ्रेपोष्टलाई बताए । महोत्सवभर राष्टिया कलकार देखि स्थानिय कलकारहरुले मनोरन्जनमुलक सस्कृतिक कार्यक्रम प्रस्तुतगर्ने कार्यक्रम रहेको अध्यक्ष अष्ठ श्रेष्ठले बताए । महोत्सव हेर्न तपाई पनि जाने हैन त दोलालघाट ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र