गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री भएपछि टेलिकममा ब्यालेन्स सापटी सेवा सुचारु

gokul dai photo
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले सर्वसाधारण जनताले महशुस र अुनभूति गर्ने गरी आफ्नो मन्त्रालय मातहतका प्रमुखहरुलाई निर्देशन दिएपश्चात् नेपाल टेलिकमले यही शुक्रबारबाट एनसेलको भन्दा राम्रो सेवा ग्राहकहरुलाई दिएको छ । सो सेवामा नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी ‘नमस्ते क्रेडिट’ सेवा दिएको हो । त्यसैगरी सञ्चार मन्त्रालय अन्तर्गतकै चलचित्र विकास बोर्डलाई पनि मन्त्री बास्कोटाले नेपालमा बक्स अफिसको व्यवस्था मिलाउन निर्देशन दिइसक्नु भएको छ । भारतमा जस्तै नेपाललमा पनि चलचित्रहरु कति चले, देशभरमा हलमा चलेका चलचित्रहरुले कति कमाई गरे ? कम्प्युटर सिस्टमबाट तुरुन्त देख्न सकिने, जतिखेर पनि जानकारी लिन सकिने बक्स अफिसको आवश्यकता ठानी मन्त्री बास्कोटाले निर्देशन दिनु भएको बुझिन आएको छ । केही समयमै उक्त काम पनि पूरा हुने चलचित्र विकास बोर्ड सम्वद्ध एक अधिकारीले काभ्रेपोष्टलाई बताए । बास्कोटा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री भएपछि टेलिकमले प्रिपेड सिमकार्ड प्रयोगकर्ताले मोबाइलमा कुरा गर्दा फोन नकाटिने, डाटा चलाउन पाइने र अन्तर्राष्ट्रिय एसएमएस पनि निरन्तर हुने गरी सापटी सुविधा दिने भएको हो । टेलिकमले ग्राहक सेवाका लागि न्युनतम पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्म सापटी सुविधा दिने भएको हो । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार तीन महिनादेखि प्रयोगमा रहेको सिमबाट यो सुविधा उपलब्ध हुनेछ । यो सेवा मोबाइलको ब्यालेन्स सकिएपछि हुने कुराकानी र डाटा प्रयोगमा आफैं सुचारु हुनेछ । ग्राहकले सापटी लिने रकमको जानकारीका लागि एसटीएटीयूए (स्टाटस) लेखेर १४७७ मा एसएमएस गर्नुपर्नेछ । यो सेवा नचाहिने भए एसटीओपी र पुनः सुचारु गर्न एसटीएआरटी लेखेर १४७७ मै एसएमएस पठाउन सकिने जानकारी वैद्यले दिइन् । एक पटक लिएको सापटी मोबाइल रिचार्ज गर्दा आफैं काटिन्छ । टेलिकमले यस्तो सापटी भने मेन ब्यालेन्समा ४० प्रतिशत रहने गरी ६० प्रतिशत मात्रै काट्नेछ । सापटी लिएको रकम काट्दा पनि सोको ४० प्रतिशत मेन ब्यालेन्समा रहने अवस्थामा मात्रै पूरै रकम एकैपटक काटिन्छ । टेलिकमका अनुसार कुनै ग्राहकले आठ रुपैयाँ सापटी लिएको छ र उसले १० रुपैयाँ मात्रै ब्यालेन्स राखेको छ भने ६ रुपैयाँ मात्रै काटिने र अर्को पटक थप दुई रुपैयाँ काटिन्छ । सापटी रकमबाट कल, एसएमएस र डाटा चलाउन सकिन्छ । टेलिकमले सापटी दिने रकम भने ग्राहकले मासिक फोनमा गर्ने खर्चका आधारमा तय हुनेछ । ग्राहकले फोनमा गर्ने खर्चका आधारमा कम खर्चलाई कम र धेरै खर्च गर्नेलाई धेरै रकम सापटी दिनेछ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले शुक्रबार सापटी सुविधाको औपचारिक शुभारम्भ गरेका थिए । नेपालमै पहिलो पटक प्रिपेड सेवा सुरु गरेको टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवा सुरु गरेको मन्त्री बास्कोटाको भनाइ छ । टेलिकमका अन्य सेवाको तुलनामा कभरेज तथा ग्राहक संख्या बढी रहेकाले कम्पनीको प्रतिस्पर्धी क्षमता र गुणस्तरीयता वृद्धि गर्न थप बल पुग्ने उनले बताए । उनले यो सेवाबारे सबै प्रिपेड प्रयोगकर्तालाई तत्काल एसएमएसमार्फत जानकारी दिन पनि निर्देशन दिएका छन् । कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको गौरवशाली यात्रामा नमस्ते क्रेडिट सेवा अर्को कोसेढुंगा भएको दाबी गरिन् । ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने भएकाले ग्राहकमा थप विश्वास दिलाउन टेलिकम सफल हुने बुझाइ राजभण्डारीको छ । टेलिकमले दिएको यस्तो सापटी रकममा कुनै ब्याज वा अतिरिक्त शुल्क लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग