पत्रकारको न्यूनतम पारिश्रमिक लागु गरिनेः सञ्चार राज्यमन्त्री

 

२०७४ चैत १० शनिबार 

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन सरकार लाग्ने बताएका छन् ।  

शुक्रबार मन्त्रालयमा आयोजित प्रेस चौतारी नेपालको बधाई ज्ञापन कार्यक्रममा उनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराउने सम्बन्धमा कानून बनाउन पनि पहल गर्ने प्रतिबद्ध व्यक्त गरे ।  

“न्यूनतम पारिश्रमिक लागू गराउने जिम्मा सरकारको हो”, राज्यमन्त्री बाँस्कोटाले भने, “तर सञ्चारमाध्यमको पनि उत्तिकै समान जिम्मेवारी रहन्छ, त्यसैले राज्यले सबै मिडिया हाउसलाई सुविधा दिएकाले न्यूनतम पारिश्रमिक लागू गराउनमा उनीहरुको पनि हिस्सेदारी हुन्छ ।” 

उनले सामजिक सद्भाव, राष्ट्रको स्वाधीनता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनका लागि सरकार मात्र होइन, मिडियाले पनि कलम चलाउनुपर्छ भने ।  आमसञ्चार नीति सञ्चारमाध्यमका लागि उपलब्धि भएको उल्लेख गर्दै उनले नीति लागू गर्नका लागि आवश्यक अन्य कानुन पनि बनाइने बताए । 

राज्यमन्त्री बाँस्कोटाले अघिल्लो सरकारले ल्याएको अनलाइन निर्देशिकामा रहेका नराम्रो कुरालाई हटाइने बताउँदै सञ्चारसम्बन्धी छ वटा नयाँ ऐन र १२ वटा पुराना कानूनलाई संशोधन गर्न थालिएको समेत जानकारी दिए ।  

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटालाई प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले स्वागत तथा महासचिव राजेश राईले सञ्चारमाध्यममा देखिएका समस्याबारे जानकारी गराए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा