March 19, 2018

“अबको सपना विश्वकप” : कप्तान पारस

 

काठमाडौं, चैत ५ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अब नेपाली टिमले विश्वकप क्रिकेट खेल्ने सपना देखेको बताएका छन् । उनले अबको १० वर्षभित्र नेपाल टेष्ट राष्ट्र बन्न सक्नुपर्ने बताए ।

जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेटमा सहभागिता जनाएर नेपाल फर्केको टोललिाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत पछि कप्तान पारसले भने “अबको सपना विश्वकप हो,” खड्काले पत्रकारहरुसँग भने, “अबको १० देखि १२ वर्षभित्र टेष्ट राष्ट्र बन्न सक्नुपर्छ ।”

खेलाडीहरुको स्वागतका लागि पुगेका खेलप्रेमी तथा पत्रकारहरुसँग कप्तान खड्काले अहिले प्राप्त एकदिवसीय राष्ट्रको मान्यता पनि ठूलो उपलब्धि भन्दै धेरै वर्षदेखिको सपना पूरा भएको प्रतिक्रिया दिएका थिए ।

“हाम्रो लागि यो जित इतिहासको ठूलो उपलब्धी हो,” उनले भने, “धेरै वर्षदेखिको सपना पूरा भएको छ । अब हामीले राम्रो जग खडा गरेर नेपाली टोलीलाई अझै माथि लैजानुपर्छ । यो भन्दा ठूलो खुसीको क्षण छैन ।”

उनले अब देशलाई नै नयाँ जिम्मेवारी थपिएको उल्लेख गर्दै घरेलु क्रिकेटको संरचना र खेलाडीको हेरचाह पनि अर्को महत्वको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित

मुख्यसचिव र मुख्य रजिस्ट्रारको कार्यकाल २ वर्ष, सचिवको ४ वर्ष कायम गर्ने सहमति

२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि

प्रचण्डमाथि जनार्दनको आक्रोश : कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन

भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको