March 19, 2018

पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वपञ्चहरुसँग गोप्य भेलामा

 

काठमाडौं, चैत ५ ।पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला पूर्वको भ्रमणमा छन् । उनी पूर्वपञ्चहरुसँगको गोप्य भेलामा व्यस्त रहेको बुझिएको छ । राप्रपाका नेता बुद्धिमान तामाङका अनुसार पूर्वराजाले यतिवेला राप्रपा नेताहरु क्रमशः कमल थापा, डा। प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरालाई बोलाएर एक हुन आग्रह गरेका छन् ।

पूर्वराजाले राप्रपा नेताहरु एक नभए हिन्दूराष्ट र राजसंस्थाको अस्तित्व समाप्त हुन्छ भन्दै यी एजेण्डा हाँसिल गर्नको लागि पनि एक हुन आग्रह गरेका छन् ।
उनले आइतबार साँझ झापामा राप्रपाका विभिन्न तीनवटा गुटका ९ जना नेतालाई बोलाएर सामुहिक छलफल गरेको स्रोतले बताएको छ ।

झापा आएका पूर्वराजासँग पार्टी पुनगर्ठनबारे छलफल गर्न राप्रपाका विभिन्न गुटका नेताहरु काठमाडौंबाट आइतबार साँझ झापास्थित चियाबगानमा पुगेका थिए ।

पूर्वराजासँगको भेटमा राप्रपाका तीनवटै गुटका नेताहरुले आ-आफ्नो पार्टीको शीर्ष नेतृत्वको आलोचना गरेका थिए । ठूला नेतावीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको नेताहरुले पूर्वराजालाई गुनासो सुनाएका थिए ।

अब पशुपतिसमशेर, कमल थापा र प्रकाशचन्द्र लोहनीलाई मुख्य नेतृत्वबाट हटाएर युवा पुस्ताले पार्टी नेतृत्व सम्हाल्नुपर्ने र तीनवटै समूहलाई एकीकरण गरी राजतन्त्रको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता रहेको नेताहरुले ज्ञानेन्द्रलाई रिपोर्टिङ गरेका थिए ।

यसअघि पूर्वराजा ज्ञानेन्द्रले नेपालगञ्जमा रहँदा त्यहाँ पनि राप्रपाका पुराना नेताहरुसँग छलफल गरेका थिए । त्यहाँ उनले काठमाडौंबाट बोलाएर कमल थापासँग पनि पार्टी पुनर्गठनबारे कुराकानी गरेका थिए ।

यसवीचमा पूर्वराजाले भारतको भ्रमण गरेर युपीका मुख्यमन्त्री आदित्यनाथसँग पनि भेट गरिसकेका छन् । पूर्वराजाको यो सक्रियतालाई पूर्व पञ्चहरु एकीकृत गर्दै राजनीतिक शक्ति निर्माणमा जुटेको संकेतका रुपमा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र