March 16, 2018

नयाँ स्वादको पुस्तक ‘खिचडी’ पढेर स्वाद लिनुस्

प्रशासक मदनदेव आचार्यद्वारा  लिखित खिचडी नामक पुस्तक २०७४ चैत १  गते बिहीबार लेखनकुञ्जमा सार्वजनिक भएको छ ।प्रशासन , राजदवार, कोइराला परिवार, इन्दिरा गान्धी , अमेरिका, ब्यापार, महारानी एलिजाबेथ जापानी राजकुमार अकहितो, सिनेमा अस्पताल, अदालत, दूताबास र पराराष्ट्र सम्बन्धमा केन्द्रित भएर लेखिएको खिचडीको पत्रकारहरुको उपस्थितिमा लोकार्पण गरिएको हो ।

1287377942photo-khichadi

लेखक मदनदेव आचार्य ,  घोष्टराइटिङ नेपालका  अध्यक्ष कमल ढकाल, घोष्टराइटिङ नेपालका  सम्पादक एवं वरिष्ठ पत्रकार टंक पन्तद्वारा सार्बजनिकीकरण गरिएको पुस्तकमा कोशी प्रोजेक्ट काण्ड,  नेपाल भारत बोर्डर किचलो , मदभट्टीको भूमिसुधार, नोकरबाट मालिक भएको दिन, ब्यक्तिबादी प्रशासन पेशा अनुसारको बोली  जस्ता ३ सय ३४ विषय समेटिएको छ ।

पुस्तकको एक  पाना लेखिएको छ – क्युरियो डिस्प्ले गर्दै गर्दा इन्दिरा गान्धीको आ“खा बुद्धको त्यो खास मूर्तिमा प¥यो, रिसाउ“दै उनले भनिन् , यो किन ल्ययाएको ? कुनै पनि हिष्ट्रिमा बुद्धशक्ति (स्त्रीसंग ससर्ग) भएको भए बुद्ध, बुद्ध नै हुने थिएनन् यो कुनै एउटा मूर्तिकारको कलमको कल्पना मात्र हो तत्काल यो मूर्ति फिर्ता गरिदेउ ।सम्पादक टंक पन्तले पुस्तकमा समेटिएका विषयहरु  राजनीतिक क्षेत्र  र प्रशासन क्षेत्रका लागि निकै उपयोगी भएको उल्लेख गरेका छन ।

पुस्तकका बारेमा लेखन कुञ्जका अध्यक्ष  भन्छन्–यो खिचडीमा धेरै कुरा पाकेका छन धेरै कुरा मिसिएका छन जताबाट जसरी खाएपनि खिचडीको स्वाद एकै भएजस्तै यो पुस्तकमा जहाँ  पल्टाएपनि मदनदेबलाई पाउँछौं ।पुस्तक लोकार्पण कार्यक्रममा पत्रकारहरुले  पुस्तकका बारेमा राखेका जिज्ञासाहरुको जबाफ लेखक  आचार्यले दिएका थिए । घोष्टराइटिङ नेपालद्धारा प्रकाशित पुस्तक ३ सय ३४ पृष्ठको छ भने पुस्तकको मूल्य ३ सय ७५ रहेको छ ।

घोष्टराइटिङ नेपालले आहिले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिकलगायत हरेक क्षेत्रका डेढसय भन्दा बढी  विशिष्ट ब्यक्तिहरुको पुस्तक लेखिरहेको छ । जसको बारेमा पुस्तक लेखिनुपर्छ वा जस्को पुस्तक बजारमा आउदा राष्ट्रको सम्पत्ति हुन सक्छ तर त्यस्ता ब्यक्तित्वहरु  त्यस्ता ब्यक्तित्वहरुको पुस्तक लेखिदिने काम घोष्टराइटिङले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग