March 7, 2018

मुख नखोल्ने सम्झौता अवैध भएको भन्दै पोर्नस्टारले हालिन् ट्रम्पलाई मुद्दा

फागुन २३


स्टोर्मी डेनियल्स र डोनाल्ड ट्रम्प

स्टोर्मी डेनियल्स र डोनाल्ड ट्रम्प
एक वयष्क फिल्मकी अभिनेत्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेकी छन्। स्टोर्मी डेनियल्स नामक ती पोर्नस्टारले ट्रम्पसँग आफूले हस्ताक्षर गरेको ‘ननडिस्क्लोजर एग्रीमेन्ट’ अवैध भएको भन्दै मुद्दा दायर गरेकी हुन्।

यसअघि सन् २००६ मा ट्रम्पपत्नी मेलानिया सुत्केरी भएलगत्तै डेनियल्सले ट्रम्पसँग यौन सम्बन्ध कायम गरेको बताएकी थिइन्। यो कुराको खुलासा उनले सन् २०११ को एक अन्तर्वार्तामा सो खुलासा गरेकी थिइन्। उनको खास नाम स्टेफेनी क्लिफोर्ड हो।

गत जनवरी महिनामा यो विषयमा डेनियल्सले मुख नखोल्ने सम्झौतामा हस्ताक्षर गरेको समाचार वाल स्ट्रिट जर्नलले छापेपछि यसबारे पुनः चर्चा चुलिएको थियो।

फेब्रुअरीमा ट्रम्पका व्यक्तिगत वकिल माइकल कोहेनले डेनियल्सलाई आफैँले १ लाख ३० हजार डलर तिरेको पुष्टि गरेका थिए।

मंगलबार सो सम्झौता वैध नभएको भन्दै डेनियल्सले लस एञ्जलसमा मुद्दा दायर गरेकी छन्। उनका अनुसार सन् २०१६ मा भएको सो सम्झौतामा डेनियल्स र वकिल कोहेनले हस्ताक्षर गरेका छन् तर ट्रम्पले त्यसमा हस्ताक्षर गरेका छैनन्। ट्रम्पले हस्ताक्षर नै नगरेको सम्झौता वैध नहुने उनको तर्क छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष