March 3, 2018

प्रधानन्यायाधीशमाथि महाअभियोगको माग गर्दै डा. केसीद्धारा अनसनको घोषणा

 काठमाडौं, फागुन १९ । बरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले फागुन २९ गतेदेखि अनसन बस्ने घोषणा गरेका छन् । दुईबुँदे माग राख्दै अनसनको घोषणा गरेका डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउनु पर्ने र चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वनजिक गर्दै दोषीलाई कारबाही गर्नु पर्ने माग अघि सारेका छन् ।

डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन ।’

मेडिकल शिक्षामा सुधारको माग राख्दै तेह् पटकसम्म अनशन बसिसकेका डा. केसी यसअघि पुस २४ गते प्रधानन्यायाधीश विरुद्ध चौधौं पटक अनसन बसेका थिए । तर, अदालतको अवहेलनाको आरोपमा उनी सोही दिन पक्राउ परेका थिए । केसीमाथि अवहेलना मुद्दा सर्वोच्च अदालतमा विचारधिन छ ।

त्रिवि शिक्षण अस्पतालको डिन पदबाट पहिले बर्खास्त गरिएका डा. शशी शर्मालाई प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली समेतको इजलासबाट सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसीले प्रधानन्याधीश पराजुलीलाई ‘भ्रष्ट र माफिया’को आरोप लगाउँदै उनको राजीनामा माग गरेका थिए ।
केसीको यही अभिव्यक्तिका कारण अदालतको मानहानी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त