March 3, 2018

प्रधानन्यायाधीशमाथि महाअभियोगको माग गर्दै डा. केसीद्धारा अनसनको घोषणा

 काठमाडौं, फागुन १९ । बरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले फागुन २९ गतेदेखि अनसन बस्ने घोषणा गरेका छन् । दुईबुँदे माग राख्दै अनसनको घोषणा गरेका डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउनु पर्ने र चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वनजिक गर्दै दोषीलाई कारबाही गर्नु पर्ने माग अघि सारेका छन् ।

डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन ।’

मेडिकल शिक्षामा सुधारको माग राख्दै तेह् पटकसम्म अनशन बसिसकेका डा. केसी यसअघि पुस २४ गते प्रधानन्यायाधीश विरुद्ध चौधौं पटक अनसन बसेका थिए । तर, अदालतको अवहेलनाको आरोपमा उनी सोही दिन पक्राउ परेका थिए । केसीमाथि अवहेलना मुद्दा सर्वोच्च अदालतमा विचारधिन छ ।

त्रिवि शिक्षण अस्पतालको डिन पदबाट पहिले बर्खास्त गरिएका डा. शशी शर्मालाई प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली समेतको इजलासबाट सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसीले प्रधानन्याधीश पराजुलीलाई ‘भ्रष्ट र माफिया’को आरोप लगाउँदै उनको राजीनामा माग गरेका थिए ।
केसीको यही अभिव्यक्तिका कारण अदालतको मानहानी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग