February 25, 2018

संसदीय दलको नेता छान्न काँग्रेस बैठकमा बाजाबाज

 
 
 
 

काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवा तथा पूर्व महामन्त्री तथा संसदीय दलको अध्यक्षका आकांक्षी प्रकाशमान सिंहबीच चर्काचर्की भएको छ । दलले सरकार बनाउने मौका पाएको अवस्थामा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने हुनाले पनि अहिले देउवा र सिंहका बीच प्रतिस्पर्धा चलेको हो ।

यस्तै संवैधानिक परिषद्लगायत केही महत्त्वपूर्ण निकायमा पनि प्रमुख विपक्षी नेता सदस्य रहने संवैधानिक प्रावधान छ । संसदीय दलको बैठकमा बोल्दै सिंहले पार्टी हारेको अवस्थामा त्यसको जिम्मेवारी लिँदै सभापति संसदीय दलको नेतामा नउठ्ने परम्परा गिरिजाप्रसाद कोइरालाले नै सुरु गरेको बताएका थिए । प्रजातन्त्रको पुनस्र्थापना पश्चात वि.सं. २०४८ सालमा भएको संसदीय निर्वाचनमा बहुमत ल्याएको नेपाली कांग्रेस आफैँले मध्यावधि चुनावको घोषणा गरेर २०५१ सालमा निर्वाचन गराएको थियो ।

सो निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउन नसकेपछि सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा गरेका थिएनन् । नेता सिंहले त्यही कारणले ४९ वर्षको उमेरमा देउवा पहिलोपल्ट प्रधानमन्त्री बन्न पाएको स्मरण गराएका थिए । त्यसपछि २०६४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस दोस्रो ठूलो दल हुँदा सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको अध्यक्षमा नउठ्ने बताएपछि रामचन्द्र पौडेल तथा शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भएकोमा पौडेल विजयी भएका थिए । तर पौडेल प्रधानमन्त्री बन्ने अवसरबाट भने वञ्चित नै रहे ।

सभापवति देउवाले भने नेपाली कांग्रेसको ५० हजार मतमात्र कम भएको र दलप्रति जनताको समर्थन कम नभएको हुनाले आफूले हारको जिम्मेवारी लिनु नपर्ने विचार प्रकट गरेका थिए । उनको विचारमा धेरै स्थानमा नेपाली कांग्रेस अन्तर्घातका कारण हारेको बताउँदै अन्तर्घातीलाई कारबाही गर्ने चेतावनी दिए । देउवाका अनुसार नेपाली कांग्रेसको आफ्नै अन्तर्घातका कारण १५ देखि २० ठाउँमा पार्टी पराजित भएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष