February 25, 2018

संसदीय दलको नेता छान्न काँग्रेस बैठकमा बाजाबाज

 
 
 
 

काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवा तथा पूर्व महामन्त्री तथा संसदीय दलको अध्यक्षका आकांक्षी प्रकाशमान सिंहबीच चर्काचर्की भएको छ । दलले सरकार बनाउने मौका पाएको अवस्थामा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने हुनाले पनि अहिले देउवा र सिंहका बीच प्रतिस्पर्धा चलेको हो ।

यस्तै संवैधानिक परिषद्लगायत केही महत्त्वपूर्ण निकायमा पनि प्रमुख विपक्षी नेता सदस्य रहने संवैधानिक प्रावधान छ । संसदीय दलको बैठकमा बोल्दै सिंहले पार्टी हारेको अवस्थामा त्यसको जिम्मेवारी लिँदै सभापति संसदीय दलको नेतामा नउठ्ने परम्परा गिरिजाप्रसाद कोइरालाले नै सुरु गरेको बताएका थिए । प्रजातन्त्रको पुनस्र्थापना पश्चात वि.सं. २०४८ सालमा भएको संसदीय निर्वाचनमा बहुमत ल्याएको नेपाली कांग्रेस आफैँले मध्यावधि चुनावको घोषणा गरेर २०५१ सालमा निर्वाचन गराएको थियो ।

सो निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउन नसकेपछि सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा गरेका थिएनन् । नेता सिंहले त्यही कारणले ४९ वर्षको उमेरमा देउवा पहिलोपल्ट प्रधानमन्त्री बन्न पाएको स्मरण गराएका थिए । त्यसपछि २०६४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस दोस्रो ठूलो दल हुँदा सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको अध्यक्षमा नउठ्ने बताएपछि रामचन्द्र पौडेल तथा शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भएकोमा पौडेल विजयी भएका थिए । तर पौडेल प्रधानमन्त्री बन्ने अवसरबाट भने वञ्चित नै रहे ।

सभापवति देउवाले भने नेपाली कांग्रेसको ५० हजार मतमात्र कम भएको र दलप्रति जनताको समर्थन कम नभएको हुनाले आफूले हारको जिम्मेवारी लिनु नपर्ने विचार प्रकट गरेका थिए । उनको विचारमा धेरै स्थानमा नेपाली कांग्रेस अन्तर्घातका कारण हारेको बताउँदै अन्तर्घातीलाई कारबाही गर्ने चेतावनी दिए । देउवाका अनुसार नेपाली कांग्रेसको आफ्नै अन्तर्घातका कारण १५ देखि २० ठाउँमा पार्टी पराजित भएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र