.jpeg)
काठमाण्डौ,१२ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानूनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानूनी जटिलता सरलीकरण गरेर चुस्त र छरितो पारिने बताएका छन् । ‘सरकारी कार्यालयका टेवलैपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुन्छ’ फागुन १२ गते बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने। ‘सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधारणका काममा ढिलाइ गरेछन् भने त्यसमा पनि उचित छानविन हुन्छ ।’
‘कमिशनखोरीका भरमा लाइसेन्स दिने, लिने, समयमा काम नसक्ने र विना कारण म्याद थप्ने थपाउनेलाई तत्काल कार्यवाही हुन्छ’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शून्य सहनशिलताको नीति लिने पनि बताए । ‘सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध छ’ प्रधानमन्त्री ओलीले भने ‘भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुदैन । त्यसकारण स्थीर सरकारको अनुभूत गराउन पनि भ्रष्टाचार रोक्न जरुरी छ ।’
उद्योग वाणिज्य महासंघसंग सरकार सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । ‘उद्यमी व्यावशायीसँग मिलेर देश बनाउन सरकार तयार छ’ प्रधानमन्त्री ओलीले भने ‘सरकारबाट पाउनसक्ने सहजता तपाईंहरुले पाउनु हुन्छ । विना सर्त मुलुक निर्माणमा सबै जुटौं ।’ प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन व्याशायीहरुलाई आग्रह गरे । नेपालमा उत्पादित सामानका लागि बजारको खाँचो नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै देशमा पनि नेपाली सामानको माग उच्च हुने बताए ।
यसैगरी फागुन १२ गते नै बालुवाटारमा आयोजित कार्यक्रममा गैह्रआवासीय नेपाली संघको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नेपालीलाई सुखी बनाउने बाहेक आफ्नो अरु कुनै उद्देश्य नरहेको स्पष्ट पारेका छन् । ‘जनताको विश्वासलाई सार्थक बनाउने मेरो एक मात्र उद्देश्य हो, ‘देश विकासका लागि गैह्रआवासीय नेपालीको भुमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए ।’
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य