फाल्गुन १२,काठमाडौं । नेपालको न्यायीक इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल भएका छन् । ३० न्यायाधीशका लागि भएको परीक्षामा माग भएको भन्दा आधामात्र परीक्षार्थी सफल भएका हुन् ।३० पदका लागि चार सय २४ जनाले आवेदन दिएका थिए। तीमध्ये तीन सय ७३ परीक्षामा समोल भएका थिए ।
पहिलोपटक समानुपातिक समावेशी रूपमा लिखित परीक्षाबाट न्यायाधीश छनोट प्रक्रिया अघि बढाइएकामा ३० कोटाका लागि १६ मात्र उत्तीर्ण भएका हुन् । एकभन्दा बढी समूहमा परीक्षा उत्तीर्ण गर्ने १३ जना छन् ।
आन्तरिक खुलातर्फ मागभन्दा कम संख्या उत्तीर्ण भएका छन् । आन्तरिक खुलामा १५ जना माग गरिएकामा १३ जना मात्र उत्तीर्ण भएका छन् ।
यस्तै खुलातर्फ भने आठ जनाका लागि १५ जनाले लिखित परीक्षा पास गरेका छन् । महिलाको दुई कोटामा एक जनामात्र उत्तीर्ण भएका छन् । आदिवासी जनजातिका दुई कोटाका लागि दुई जनाले मात्र लिखित पास गरेका छन् । महिलाको दुई र दलितको एक कोटामा कुनै उम्मेदवारले पनि परीक्षा पास गर्न सकेनन् ।
न्यायसेवा आयोगका सचिव नृपध्वज निरौलाले मागभन्दा आधामात्र परीक्षर्थी उत्तीर्ण भएको बताए। ‘३० कोटाका लागि १६ जना उत्तीर्ण भएका छन्,’ उनले भने, ‘अब अन्तर्वार्तापछि एकमुष्ठ नतिजा न्यायपरिषद्लाई हस्तान्तरण गरिनेछ ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा