February 23, 2018

माओवादी केन्द्रका  रोल्पाली नेता एक जुट , राेल्पाली कै हातमा सत्ता कब्जाकाे रणनीती बन्याे!!

 

काठमाडौं, फागुन ११ गते । ‘माओवादीलाई यो हैसियतमा ल्याउने हामी रोल्पाली अनि डाडुपन्यु चलाउन वाहिरकालाई हामीले किन दिने ?’ आजभोलि रोल्पाली माओवादी केन्द्रका नेताहरुबीच यो चर्चा चलिरहेको छ ।हामी रोल्पाली फुट्नुको कारण दुःख पाइएको भन्दै यसपटक एकअर्कालाई जमेर सहयोग गर्ने सहमति भएको ती नेताले साँघुलाई बताए ।

 

यसपटक सभामुखमा कृष्णबहादुर महरा, गृहमन्त्रीमा वर्षमान पुन, उपराष्ट्रपतिमा नन्दकिशोर पुन कम्तीमा बनाउने सहमति भएको उनको भनाइ छ । मन्त्रीमा जयपुरी घर्तीलाई लैजान अन्तिम समयसम्म कोसिस  गर्ने,  नसके प्रमुख सचेतक बनाउने योजना रहेको रोलपाली नेता निकट स्रोत बताउछ । पार्टी फुटाएर आएकालाई प्राथमिता दिने, जहिले पनि रोल्पा भन्ने वित्तिकै रुकुमलाई प्रतिस्पर्धामा ल्याउने प्रचण्डको तरिकासँग पनि आक्रोसित भए पनि अहिले प्रचण्डसँग लड्ने भन्दा पनि प्रारम्भमा फकाएर नै जानुपर्ने उनीहरुले निश्कर्ष निकालेको पनि स्रोतले दावी गरेको छ ।  पुराना नेतालाई एक ठाउँमा ल्याउन रोल्पाका युवा, विद्यार्थीको पनि विशेष हात रहेको छ । लड्नुपरेमा भित्र लड्ने तर वाहिर नलड्ने उनीहरुले समझदारी बनाएका छन् । 

गृहमन्त्रीमा वर्षमान पुनको साटो रामबहादुर थापा ‘वादल’ र उपराष्ट्रपति नन्दकिशोर पुनको साटो अमिक शेरचनलाई ल्याउने चर्चा चलिरहेको भन्दै यसो भएमा प्रचण्ड पनि चितवनवादी भएको निश्कर्ष निकाल्नु पर्ने र त्यस्तो स्थितिमा रोल्पालीले प्रचण्डलाई पनि छाड्नुपर्ने हुनसक्ने माओवादी केन्द्रका रोल्पाका एक स्थापित नेताले कडा चेतावनी दिए– ”लड्ने मर्ने, रगत बगाउने हामी रोल्पाली अनि खाने बेलामा अरु ठाउँकालाई कसरी हुनसक्छ ? त्यस्तो अवस्थामा रोल्पालीले प्रचण्डलाई छाडिदिनु पर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका