February 23, 2018

एमालेले अर्थमा ईश्वर पोखरेल र परराष्ट्र मन्त्रालयमा प्रदीप ज्ञवाली पठाउने

 

 

 

पोखरेल र ज्ञवाली

पोखरेल र ज्ञवाली
 

फाल्गुन 11, काठमाडौं । एमालेले पाएका ११ मन्त्रालयमध्ये सबैभन्दा महत्वपूर्ण मानिएका अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मा कसलाई दिने भन्ने टुङ्गोमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्।ओलीले उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको जिम्मेवारी महासचिव ईश्वर पोखरेललाई र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सचिव प्रदीप ज्ञवालीलाई दिँदैछन्।

मन्त्री छान्ने औपचारिकताका लागि आज स्थायी समितिको बैठक डाकेपनि पोखरेल र ज्ञवालीलाई उपरोक्त मन्त्रालय दिने टुङ्गोमा ओली पुगेको स्रोतले बतायो।

अर्थ मन्त्रालयको जिम्मेवारी पाउन लागेका पोखरेल बाबुराम भट्टराई प्रधानमन्त्री छँदा एमालेको तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए।

तर, एमालेले तत्काल सरकार छाडेका कारण पोखरेल लामो समय परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा रहन पाएनन्।

पोखरेललाई साथ दिन ओलीले राष्ट्रिय सभामा राष्ट्रपतिबाट नियुक्त गरिएका अर्थविज्ञ डा. युवराज  खतिवडालाई अर्थ राज्यमन्त्रीमा ल्याउने तयारी गरेको बताइएको छ। तर खतिवडा राज्यमन्त्री बन्न तयार हुन्छन् हुँदैनन् प्रष्ट भैसकेको छैन।  

यसअघि पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका ज्ञवाली अध्यक्ष ओलीको भारतसँगको सम्बन्ध सुमधुर बनाउन प्रयासरत मध्येका नेता हुन्उनेओली मन्त्री परिषदमा एमालेको तर्फबाट भानुभक्त ढकाल, कृष्णलाल महर्जन, नारदमुनि राना थारुलगायत मन्त्री हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल