February 23, 2018

एमालेले अर्थमा ईश्वर पोखरेल र परराष्ट्र मन्त्रालयमा प्रदीप ज्ञवाली पठाउने

 

 

 

पोखरेल र ज्ञवाली

पोखरेल र ज्ञवाली
 

फाल्गुन 11, काठमाडौं । एमालेले पाएका ११ मन्त्रालयमध्ये सबैभन्दा महत्वपूर्ण मानिएका अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मा कसलाई दिने भन्ने टुङ्गोमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्।ओलीले उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको जिम्मेवारी महासचिव ईश्वर पोखरेललाई र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सचिव प्रदीप ज्ञवालीलाई दिँदैछन्।

मन्त्री छान्ने औपचारिकताका लागि आज स्थायी समितिको बैठक डाकेपनि पोखरेल र ज्ञवालीलाई उपरोक्त मन्त्रालय दिने टुङ्गोमा ओली पुगेको स्रोतले बतायो।

अर्थ मन्त्रालयको जिम्मेवारी पाउन लागेका पोखरेल बाबुराम भट्टराई प्रधानमन्त्री छँदा एमालेको तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए।

तर, एमालेले तत्काल सरकार छाडेका कारण पोखरेल लामो समय परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा रहन पाएनन्।

पोखरेललाई साथ दिन ओलीले राष्ट्रिय सभामा राष्ट्रपतिबाट नियुक्त गरिएका अर्थविज्ञ डा. युवराज  खतिवडालाई अर्थ राज्यमन्त्रीमा ल्याउने तयारी गरेको बताइएको छ। तर खतिवडा राज्यमन्त्री बन्न तयार हुन्छन् हुँदैनन् प्रष्ट भैसकेको छैन।  

यसअघि पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका ज्ञवाली अध्यक्ष ओलीको भारतसँगको सम्बन्ध सुमधुर बनाउन प्रयासरत मध्येका नेता हुन्उनेओली मन्त्री परिषदमा एमालेको तर्फबाट भानुभक्त ढकाल, कृष्णलाल महर्जन, नारदमुनि राना थारुलगायत मन्त्री हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग