
चिनियाँ प्रहरीले अपराधी पहिचान गर्न सक्ने चस्मा लगाउन सुरु गरेका छन् । हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामेरा भएको चस्मा अपराध अनुसन्धानमा संलग्न चिनियाँ प्रहरीलाई दिन सुरु गरिएको छ ।
यो चस्माको सहायताले प्रहरीले अपराधी पहिचान गर्न सघाउ पुर्याउने बताइएको छ । हालसम्म यही चस्माको सहयोगले प्रहरीले सातजना अपराधी पक्राउ गरेको खबर चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । झेङझाउ प्रान्तको पश्चिम रेल स्टेसनमा केही प्रहरीलाई यो चस्मा लगाएर गस्तीमा खटाइने गरिएको छ ।
चस्मामा रहेको फेसियल रिकग्निसन प्रविधिले मानिसको अनुहार स्क्यान गर्छ । यो चस्मा लगाएको प्रहरीको आँखामा पर्ने व्यक्तिको अनुहार प्रहरीको रेकर्डमा रहेका हरेक अपराधीको अनुहारसँग अटोमेटिक रुजु हुन्छ । कुनै अपराधीसँग ती व्यक्तिको अनुहार मेल खाएमा सम्बन्धित प्रहरीले तत्काल जानकारी पाउँछन् र पक्राउ गर्न सक्छन् । किनभने, चस्मालाई वायरलेस चिपको सहायताले प्रहरीको केन्द्रीय कम्प्युटर डाटाबेससँग जोडेर सूचनालाई चुस्त पारिएको छ ।
चीन अहिले विश्वमा अनुहार पहिचान गर्न सक्ने फेसियल रिकग्निसन प्रविधिको विकासमा एक नम्बरमा छ ।
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक
काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता