फाल्गुन ८, काठमाडौं । देउवा सरकारले गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म कर्मचारीको आडमा गुपचुप राखेको छ। देउवा नेतृत्वको सरकारको अवधिमा १५ पटकसम्म मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको छैन।
तीमध्ये १०-१५ वटा निर्णय मात्रै सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयका बैठक र सूचना शाखाका अधिकारीको गैरजिम्मेवारी र बेवास्ताका कारण राज्यका निर्णय जनताको पहुँचसम्म पुग्न नसकेको हो।
मुख्यसचिव लोकदर्शन रेग्मीले मन्त्रिपरिषद्को निर्णय वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताए। ‘मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने काम बैठक र सूचना शाखाको हो, किन भएन म गम्भीरतापूर्वक सोधीखोजी गर्छु’, उनले भने। मुख्यसचिव रेग्मीले केही समयदेखि आफू अलि बढी व्यस्त हुनुपरेकाले त्यससम्बन्धमा जानकारी लिन नपाएको बताए।
प्रधानमन्त्री कार्यालयका बैठक र सूचना शाखाका अधिकारीको गैरजिम्मेवारी र बेवास्ताका कारण राज्यका निर्णय जनताको पहुँचसम्म पुग्न नसकेको हो।,
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष