February 19, 2018

देउवा सरकारले सिफारिश  गरेका राष्ट्रिय सभा सदस्यहरु रद्द

 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

 
 पूर्ववर्ती सरकारले राष्ट्रियसभा सांसदका लागि गरेका निर्णय आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले रद्द गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षताका सिंहदवारमा  हिजो साँझ बसेको मन्त्रिपरिषदले तीनै जनाको नाम फिर्ता लिने  निर्णय गरेको  सिहदरबर श्रोतले बताएको  छ । यद्द्यपि प्रवक्ता जिम्मेवारी प्राप्त गरेका महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महत्वपूर्ण निर्णयहरु भए पनि अनुशासनको कारण बाहिर सार्वजनिक गर्न नमिल्ने बताइन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यका लागि चाँदनी जोशी, कृष्ण पौडेल र गोपाल बस्नेतको नाम सिफारिस गरेको थियो। देउवा सरकारको सिफारिश गरेका नामहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेकी छिन्।

संविधानअनुसार ५९ सदस्यीय राष्ट्रियसभामा तीन जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नुपर्ने हुन्छ। संविधानअनुसार सिफारिस गरिएका नामहरु फिर्ता गरे त्यसको विरोध गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनाउँदै आएको छ।यसैबीच राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष स्वार्णिम वाग्लेले पदबाट दिएको राजिनामा मन्त्रिपरिषदले स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले