
काठमाडौं, फागुन ४ । काठमाडौमा फागुन ४ गते शुक्रबार भएको पार्टी निकट शिक्षकहरुको सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका सम्बन्धमा आएका समाचारहरु गलत भएको दावी गरेका छन् ।
‘हामी हिजो(२०७४ फागुन ३ गते) नै सरकारमा नजाँदा जेजति हल्ला चलाइयो ती सबै गलत छन् । हामी अझै पनि वार्ता मै छौ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मन्त्रीहरुकै विषय टुङ्ग्याएर प्याकेजमै एक दुईदिनभित्रै पार्टी एकताको खाका तयार गर्छौ’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘ हामी राजनीतिक नियुक्तिसहितको एकता गर्छौ ।
वार्ता सकारात्मक भइरहेको छ, बाहिर आएका हल्लामा विश्वास नगर्नुस, मुलुकले ७० वर्षपछि स्थायित्व पाउन लागेको छ, यसअघिका सबै सरकार कमजोर भएको र अब बन्ने सरकारले अघिल्ला सरकारहरुले गर्न नसकेका काम गरेरै छाड्ने दाबी गरे । ।’
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न